शव निकाल्ने प्रयास गर्दै प्रहरी
राजविराज– सप्तरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक महिलाको बेवारिसे शव फेला परेको छ।
राजगढ गाउँपालिका-१ र डाकनेश्वरी नगरपालिकाको सीमामा रहेको कजरा नदीमा अन्दाजी २५/३० वर्षीय महिलाको शव फेला परेको हो।
नदीमा लडेको रुखको हाँगामा अड्किएको अवस्थामा शरीर भेटिएको र शरीर रहेको स्थानभन्दा करिब २ सय मिटर उत्तर पूर्वमा धानको खेतमा टाउको फेला परेको सप्तरी प्रहरीका सूचना अधिकारी सन्तोष खड्काले जानकारी दिए।
प्रहरीका अनुसार टाउकाको कंकाल मात्रै फेला परेको छ।
हत्या गरी फालेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।
शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।