काठमाडौं- सञ्चारकर्मी शान्ता नेपालीले निर्माण गरेको लघु वृत्तचित्र सिड्नीमा पुरस्कृत भएको छ। ब्रिटिश सैनिकमा कार्यरत अफगानिस्तानमा घाइते भएका हरि बुढामगरमाथि उनले बनाएको वृत्तचित्र ‘असम्भव केही हुँदैन’पुरस्कृत भएको हो। संसारभरबाट सबैभन्दा बढी अनलाइन भोट पाएर यो वृत्तचित्र पुरस्कृत भएको हो।
सेप्टेम्बर ६ मा सिड्नीमा आयोजित ‘फोकस अन येबिलिटी’ लघु वृत्तचित्र महोत्सवमा ‘असम्भव केही हुँदैन’ प्रदर्शन गरिएको थियो।
युद्धमा घुँडामुनिका दुवै खुट्टा गुमाएका हरि बुढामगरलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ। मानिसमा कसरी फरक खालको सक्षमता हुनसक्छ भन्ने देखाउन खोजिएको छ। बुढामगरले फेसबुकमा स्टाटस लेख्दै आफूमाथि बनेको वृत्तचित्र उत्कृष्ट भएकोमा खुशी व्यक्त गरेका छन्।
वृत्तचित्रकी निर्माता शान्ता नेपालीले नेपाली फिल्मले सबैभन्दा बढी अनलाइन भोट प्राप्त गर्नु खुशीको कुरा भएको बताएकी छन्। थापामगरमाथि बन्न लागेको लामो वृत्तचित्रको छोटो अंश मात्र भएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।