धनगढी- ठूलो परिमाणमा नेपाली र भारतीय रुपैयाँसहित नेपाल प्रहरीले शुक्रबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपी–३१–एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा भारतको उत्तर प्रदेश लखिमपुरखिरी, पलियाका २५ वर्षीय अतुल बर्मालाई धनगढी उपमहानगरपालिका-२, त्रिनगर भन्सार नाकाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।
प्रहरीले अतुलको गाडीबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ गरी २९ लाख ८० हजार रुपैयाँ बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए।
अतुल धनगढी-१, हुलाकमार्गमा गहना पसलका सञ्चालक रहेको बताइएको छ। अतुलले गाडीमा लुकाई राखेको अवस्थामा भारतीय दुई हजारका नोट एक सय वटा र पाँच सयका नोट एक सय वटा तथा नेपाली एक हजारका नोट दुई हजार वटा र पाँच सयका नोट एक हजार वटा गरी २९ लाख ८० हजार रुपैयाँ बरामद गरिएको गिरीले जानकारी दिए।
उनको साथबाट नेपाली बैंकका ६ वटा एटिएम कार्ड र केही थान खाली चेक पनि फेला परेको एसपी गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।