इनरुवा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका कार्यकर्ताले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कुलमा बिहीबार मध्यराति विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।
सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कुलको बाहिरको भागमा विस्फोट भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।