झापा- झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक विश्वनाथ बरमनले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेका छन्।
बिहीबार दिउँसो साढे ४ बजेको समयमा फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई ट्वाइलेटमा पसी २३ वर्षीय बरमनले आगो लगाएका थिए। ढोका बन्द गरी आफ्नो शरीरमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली उद्धारमा खटिएको थियो। तर त्यसेला उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
आगो लगाउनु कारण खुल्न नसकेको र थप अनुसन्धान भइहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।