काठमाडौं– कपनमा मंगलबार राति ग्याङफाइट हुँदा एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको बारपोखरी नगरपालिका–६ का १८ वर्षीय सञ्जय राई छन्।
दुई समूहबीच ग्याङफाइट हुँदा राईको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए।
प्रहरी हत्यामा संलग्न भएको आशंकामा मृतक राईका साथी सालुखुम्बुका १७ वर्षीय सागर बस्नेत, मोरङका १६ वर्षीय अजय राई, मृतकसँग झगडा गर्ने सोलुखुम्बुका ३१ वर्षीय डल्बु भन्ने प्रेम राई र इलामका २४ वर्षीय सुसान राई छन्।
दुई समूहबीच झगडा हुँदा घाइते भएका राईको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।