• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तातोपानी नाकामा तस्कर सक्रिय

64x64
नेपाल लाइभ बुधबार, भदौ १८, २०७६  ०७:२७
1140x725

–देवराज सुवेदी/रासस

मेलम्ची- चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन्। चार वर्षपछि खुलेको नाकामा सीमा क्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ।

भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो। अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ।

केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन लैजान लागिएको ८३ किलो रक्तचन्दनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। रक्तचन्दनसहित दुई भरियालाई काठमाडौंको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो। केही साताअघि पनि तातोपानी नाका हुँदै राजधानी काठमाडौं भित्र्याउन लागिएको अवैध खाद्यसामग्री बरामद गरिएको थियो। लोड गरेर फिर्ता आउने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थसहित खाद्य सामग्रीको बोलेरो गाडीलाई नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेको बोलेरो र चालक १ लाख ८ सय ६५ रुपैयाँ धरौटीमा रिहा भएका थिए। तर, अवैध सामग्री पक्राउ परे पनि बाहिर कुनै सूचना आएको थिएन। पक्राउ परेका चालक रिहा भइसकेपछि मात्रै रहस्य बाहिर आएको थियो।

तर, सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्ले दाबी गर्छन्। 'खासाबाट लोड भएर आएका सबै सामान बन्दरगाहमा आएर जाँच हुन्छ, यताबाट उता प्रवेश नै कठिन छ,' प्रनाउ काफ्लेले भने, 'त्यसैले अहिले कुनै अवैध सामग्री ओसारपसार हुनसकेको छैन।'

अवैध व्यापारको अवस्था यस्तो थियो
सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पअघि अवैध व्यापारमा चर्चित थियो। सुन, रक्तचन्दनलगायतका अन्य बहुमूल्य सामग्री ओसारपसारको केन्द्र थियो। सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने सुन, रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्न लाग्दा धेरैपटक प्रहरीले पक्राउ गरेको थियो।

केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेललगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो। यता सिन्धुपाल्चोकका विभिन्न ठाउँबाट पनि रक्तचन्दन बरामद हुनुका साथै तस्करसमेत समातिएका थिए। तातोपानी नाका बन्द भएपछि तस्करले व्यापारिक केन्द्र परिर्वतन गरेको पाइन्छ। तातोपानी नाका बन्द भएपछि अवैध सुन रसुवाको केरुङ नाकाबाट समेत पक्राउ परेको थियो। तस्करले विभिन्न ठाउँबाट धेरै संयन्त्र अपनाएर तस्कारी गर्दै आएका थिए।

Ncell 2
Ncell 2

तातोपानी नाकाबाट पहिलेको जस्तो अवैध व्यापार नियन्त्रण गर्नका लागि चिनियाँ पक्षले नेपाली टोलीसँगको वार्तामा पटक–पटक भन्दै आएको थियो। नेपाली सरकारी टोलीले सुरक्षा प्रत्याभूत गराएपछि मात्रै चिनियाँ टोली नाका सञ्चालनमा तत्पर भएको थियो। गृहमन्त्री रामबहादुर थापाले नाका सञ्चालनको एक साता अगाडि नाकाको सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका थिए।

सवारीसाधन र रक्तचन्दन अलपत्र
तातोपानी नाकाबाट बरामद भएका रक्तचन्दन र सवारीसाधन अहिले अलपत्र अवस्थामा थन्किएर बसेका छन्। बरामद भएका रक्तचन्दन सड्ने अवस्थामा पुगेका छन् भने सवारीसाधन कवाड बनिसकेका छन्। अवैधरूपमा भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको करीब ४० हजार किलोभन्दा बढी रक्तचन्दन कुहिने अवस्थामा छ। उक्त परिमाणको रक्तचन्दन चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। बरामद भएका सामग्रीको विषयमा कानुन नहुँदा के गर्ने भन्नेमा अन्योलता छाएकै कारणले अलपत्र परेको हो।

जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा २०६२ देखि बरामद गरिएको रक्तचन्दन र कवाड बनिसकेका सवारी थन्किएर बसेका छन्। विसं २०६२ मा बाह्रबिसे प्रहरीले बरामद गरेको ७ हजार ८ सय केजी, २०६४ मा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको ६ हजार ६ सय केजी, २०६४ मै विशेष अनुगमन टोलीले बरामद गरेको ८ हजार २ सय केजी रक्तचन्दन अपलपत्र अवस्थामा छ।

सीमा क्षेत्रका बासिन्दाको आयआर्जनमा टेवा
नाका सञ्चालन भएपछि यहाँको व्यापारमा वृद्धि भएको छ। गत जेठ १५ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको नाकामा अहिले बिस्तारै व्यापारमा वृद्धि हुँदै आएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

नाकामा व्यापार वृद्धि भएपछि राजश्व सङ्कलनमा समेत वृद्धि भएको उनले बताए। नाका सञ्चालन भएपछि करीब डेढ महिनाको अन्तरालमा ५३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ। यसअघि यस नाकाबाट दैनिक करौडौँ राजश्व सङ्कलन हुँदै आएको थियो।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्दै
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
सम्बन्धित सामग्री
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक... मंगलबार, मंसिर २, २०८२
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्दै शनिबार, मंसिर ६, २०८२
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए शनिबार, मंसिर ६, २०८२
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात शनिबार, मंसिर ६, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,महाधिवेशन विवाद मिलाउनमै बैठक केन्द्रित शनिबार, मंसिर ६, २०८२
आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना शुक्रबार, मंसिर ५, २०८२
सुदूरपश्चिमविरुद्ध पोखरा- टस जितेर पहिला फिल्डिङ गर्दै शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्