काठमाडौ- नेपाली सेनाले हवाई सेवालाई विकेन्द्रित गर्ने नीति अनुसार उपत्यकाबाहिरको पहिलो एयर बेस सुर्खेतमा स्थापना गरेको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतमा स्थापना भएको पश्चिम एयर बेसको मंगलबार उद्घाटन गरेका छन्।
पश्चिम र पूर्वमा एयर बेस स्थापना गरी काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीतिअनुसार सुर्खेतमा पश्चिम एयर बेस स्थापना गरेको सेनाले जनाएको छ।
पश्चिम एयर बेसमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको र हाल एमआई-१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गरिएको सेनाले बताएको छ।
त्यस्तै आगामी १० वर्षभित्र हवाई साधन थप गरी ‘सेकेन्ड लाइन मेन्टिनेन्स’ सहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको सेनाको भनाइ छ।
पश्चिम एयर बेसले पश्चिम तथा सुदूरपश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्धार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।