• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मनोमानी रुपमा रकम वितरण गरेपछि डोटीका स्थानीय तहको बेरुजु १३ करोड

64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  ०७:०३
1140x725

-विमलबहादुर विष्ट/रासस

डोटी- जिल्लाका ९ वटा स्थानीय तहको कूल १३ करोड रुपैयाँ रकम बेरुजु देखिएको छ। केही स्थानीय तहले मनोमानी रुपमा रकम वितरण गरेको पाइएको छ।

दिपायल सिलगढी नगरपालिकाले पानीखोला तिखाडाँडाबाट भण्डारी जग्गा हुँदै गिरी महराको घरसम्मको सडक, कौढुङ्गादेखि थमाल्लीसम्म खानेपानी, सिलखोली गाउँदेखि घटाली गाउँ, सडक, रातोली, पाकरी, कुन्जेडी, सडक, पनेरझाडदेखि झङ्कसम्मको बाटो पिसिसी, घोलतडा सेतीनदी कटान संरक्षण योजनामा सम्झौताभन्दा बढी भुक्तानी दिइएको फेला परेको छ।

विभिन्न योजनामा सम्झौताभन्दा १ लाख ७५ हजार ३ सय ६१ रुपैयाँ नगरपालिकाले बढी भुक्तानी गरेको छ। आव ०७४/७५ मा सम्पन्न ती योजनाको नाममा महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु देखाइएको छ। 'काट्नु पर्ने कर नकाटेको देखिएकाले पनि केही योजनामा बेरुजु देखिएको हो,' नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले भने, 'केही योजनामा पछि स्टिमेट उठाउँदा काम बढी गरेको पाइएकाले पनि सम्झौताभन्दा केही रकम बढी गएको हो।'

त्यस्तै, पूर्वीचौकी गाउँपालिका पनि यस्तै योजनाहरुमा अनियमित रुपमा भुक्तानी गरिएको छ। विभिन्न मेशिनरी सामग्रीहरु लागत अनुमान नै नगरी बिल भुक्तानी गरेको, स्वास्थ्य चौकीमा कार्यालय सामग्री खरिद गर्ने भनी सम्झौता गरेकामा भुक्तानी गर्दा शौचालय निर्माण तथा मोबाइल खरीदका बिल पेस गरेर रकम बुझेको पाइएको छ।

Ncell 2
Ncell 2

कार्यालय सामान भन्दै पूर्वीचौकीले स्लिपिङ ब्याग १५, रेनकोट १५, पावर बैंक दुई र टर्चलाइट २० थान कोटेसनबाट शेखर ट्रेड एण्ड सप्लायर्ससँग खरिद गरी भुक्तानी दिइएको छ। टर्चलाइटका लागि भने शेखरको कोटेसन भए पनि गौरव इन्टरप्राइजेजबाट खरिद गरिएको छ। 'ती सामग्री कहाँ छन् र बुझेको हो भन्ने कुरा न कार्यालयमा दाखिला छ, न बुझ्ने व्यक्तिको भर्पाई छ,' महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ, 'कोटेसन र बिलमा मूल्य फरक पारेर पनि औषधि र उपकरण खरीदमा बढी भुक्तानी मेडी डिष्ट्रब्युटर्सलाई गाउँपालिकाले दिएको छ।'

त्यसैगरी सिलगढी साँफेबगर सडक सीमामा प्रवेशद्वार बनाउने कामको लागत अनुमान तयार गर्दा पिल्लरको फाउन्डेशन कामको दोहोरो इष्टिमेट राखेर १२ लाख ३ हजार ८ सय ९ रुपैयाँ भुक्तानी दिइएको छ। कोलहाल्ने खानेपानी योजनामा सम्झौताभन्दा बढी रकम भुक्तानी दिइएको छ भने घरबास कार्यक्रमअन्तर्गत होटेल व्यवसायी सङ्घसँग सम्झौता गर्दा प्रचलित कानुन उल्लङ्घन गरी १३ करोड ७४ लाख रुपैयाँ बेरुजु देखिएको छ।

आव २०७४/७५ मा आएको २ अर्ब ६७ करोड ५७ लाख ३ हजार ५ सय ९ रुपैयाँ कूल बजेटमध्ये सो रकम बेरुजु देखिएको हो।सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाको बेरुजु देखिएको छ। नगरको ४६ करोड ५० लाख १९ हजार रुपैयाँ बजेटमध्ये ५ करोड १ लाख रुपैयाँ महालेखाले बेरुजु देखाएको छ। नगरपालिकाले तत्काल रकम असुल गर्नुपर्ने ७ लाख ४५ हजार रुपैयाँ छ भने कागजात नै नपुर्‍याई भुक्तानी दिइएको रकम ४ करोड ४६ लाख ८८ हजार रुपैयाँ छ।

कानुनी प्रावधानभन्दा बाहिर गएर भुक्तानी दिएको २७ लाख ८८ रुपैयाँ देखिन्छ। दोस्रोमा पूर्वीचौकीको बेरुजु रकम बढी देखिएको छ। सो गाउँपालिकाको २ करोड १३ लाख ९ हजार रुपैयाँ बेरुजु देखिएको छ। जसमा महालेखा परीक्षकले १८ लाख २१ हजार रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ। अनियमित देखिएको १ करोड ५२ लाख ९ हजार, कागजात नपुगेको २७ लाख ४९ हजार र पेश्की लगेर फर्छ्यौट गर्न नसकेको १४ लाख ५० हजार रुपैयाँ प्रतिवेदनमा देखाइएको छ।

सबैभन्दा कम बेरुजु शिखर नगरपालिकामा देखिएको छ। शिखरको कूल बजेट ५१ करोड ७८ लाख ७८ हजारमध्ये ५६ लाख रुपैयाँ मात्र बेरुजु देखिएको छ। जिल्लामा सबैभन्दा बढी बजेट चलाउने स्थानीय तह भए पनि शिखरमा भने बेरुजु अत्यन्त न्यून देखिएको छ। शिखरको नाममा महालेखा परीक्षकले ३३ लाख ४९ हजार रुपैयाँ असुल गर्नुपर्ने देखाइएको छ।

त्यस्तै बोगटान गाउँपालिकाको १ करोड ४७ लाख १६ हजार, सायल गाउँपालिकाको १ करोड ६ लाख २२ हजार, आदर्शको १ करोड ५५ हजार, केआई सिंहको ९६ लाख १४ हजार, बडीकेदारको ८५ लाख ३६ हजार र जोरायल गाउँपालिकाको ६७ लाख ३२ हजार रुपैयाँ बेरुजु देखाइएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्दै
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
सम्बन्धित सामग्री
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक... मंगलबार, मंसिर २, २०८२
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्दै शनिबार, मंसिर ६, २०८२
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए शनिबार, मंसिर ६, २०८२
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात शनिबार, मंसिर ६, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,महाधिवेशन विवाद मिलाउनमै बैठक केन्द्रित शनिबार, मंसिर ६, २०८२
आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना शुक्रबार, मंसिर ५, २०८२
सुदूरपश्चिमविरुद्ध पोखरा- टस जितेर पहिला फिल्डिङ गर्दै शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्