काठमाडौं- मानिसका पुर्खा बाँदर थिए भन्ने कुरामा अहिले कहिँकतै दोधार देखिँदैन। सबैले यसलाई स्वीकार गरिसकेका छन्। परापूर्व कालमा मानिसका पुर्खाको पुच्छर थियो तर मानव विकासक्रमा यो विस्तारै लुप्त हुँदै गयो।
जबजब मानिसको शरीर विकास हुँदै गयो उसको स्वरूप पनि बदलिँदै गयो। शरीरमा प्रयोग नहुने अङ्ग लोप भएको वैज्ञानिकको तर्क छ। जस्तो शरीरमा एपेन्डिक्सको कुनै भुमिका हुँदैन, त्यसैले यसको आकार पनि सानो हुँदै गएको वैज्ञानिक अध्ययनमा पाइएको छ।
केही शताब्दीपछि यो पूर्ण रुपमा हराउन पनि सक्छ। प्रकृतिको विकासचक्र घुमिरहन्छ। मानिसको उत्पत्ति पनि यसैको नतिजा मात्र हो।
सबै जनावरहरू प्राकृतिक विकासको नतिजाका कारण जन्म भएका हुन्। अहिले पनि क्रमिक विकासको चक्र बन्द भएको मान्न सकिँदैन। यो प्रक्रिया चलिरहन्छ। आगामी दिनमा मानिसको रंग–रुप अझै परिर्वतन भएको देख्न पाइने छ।
यस विषयमा भइरहेका नयाँ अनुसन्धानले त यो सम्म भनेका छन् कि आउने दिनमा मानिसको स्वरुप परिर्वतन भएर अहिलेको जस्तो रुप देखिने छैन।
वर्ष १९८० मा लेखक डुगल डिक्सनले एक किताब लेखेका थिए। ‘आफ्टर म्यान ए जियोलोजी अफ द फ्युचर’ नामक सो किताबमा उनले यस बारेमा विस्तृत चर्चा गरेका छन्।
लाखौं वर्षपछि देखिने दुनियाँको कल्पना गरेका छन् उनले। तर यो कुरा विश्वास गर्न मुस्किल छ। यो किताबमा उड्ने बाँदर, चराको परिर्वतित अनुहार र सर्पले हावामा उडेर आफ्नो सिकार गर्ने कुरा उल्लेख गरिएको छ।
यो सबै कुरा आम मानिसका लागि दुनियाँको कुनै 'सन्की' लेखेको दिमागको स्वैरकल्पना बाहेक केही लाग्दैन। यो पूर्ण रुपमा मनगढन्ते तर्क भएको रुपमा लिन सक्नेछन् तर अध्ययनमा यो किताबमा उल्लेख भएका विषय संभावित भएको जिकिर गरिएको छ।
भविष्यमा के होला?
लाखौं वर्ष पहिले यो पृथ्वीमा डायनोसर अस्तित्वमा थिए। तर अहिले ती अजीव जीवको कल्पनासम्म पनि अचम्मलाग्दो भएको छ। तत्कालीन समयको मानिस यस्तो थियो कि हालको मानिससँग तुलना गरेर हेर्दा अजीव लाग्छ। त्यस्तै मानिसका बारेमा पनि आजभन्दा दश लाख वर्षपछि कस्तो होला भनेर कल्पना गर्दा रोमाञ्चित मात्र हुन सक्छौं।
यसरी परिर्वतन भइराख्ने क्रमिक विकासको गणित के हो? यसको अध्ययनका लागि इतिहासको पाना हेर्नैपर्ने हुन्छ। विकासवादी जीववैज्ञानिक जोनाथन लासोसका अनुसार ५४ करोड वर्ष पहिले जब क्याम्ब्रियन विस्फोट भएको थियो उक्त समयमा पृथ्वीका कयौं जीवको अस्तित्व मेटिएको थियो। त्यो समयमा हैलोसेजिन्या नामको एक जीवको जीवाश्म पाइएको थियो। यसको शरीरमा हड्डीको यस्तो जालो पाइएको थियो, जुन मानव मेरुदण्डको हड्डीसँग मेल देखिन्थ्यो। भविष्यमा यस्तै जीवको उत्पति हुन सक्ने संभावना पनि प्रबल छ।
प्रोफेसर लोसोसका अनुसार बायोलोजीका क्षेत्रमा अथाह सम्भावना छन्। जीवहरुको अन्त्य कसरी होला भन्न भने मुस्किल छ। अहिले पनि धर्तीमा धेरै भएका कतिपय जिवहरु जसको बारेमा हामीलाई कुनै जानकारी नै छैन।
बायोलोजिक सम्भावनामाथि लेखिएको आफ्नो किताबमा लोसोसले यस्ता कयौं तर्क पेस गरेका छन्। क्रमिक विकासको सम्भावना कहाँ गएर रोकिन्छ भन्ने कुरा यकिनका साथ भन्न मुस्किल छ।
यदि इतिहास दोहोरियो भने मानिसको विकासक्रम लाखौं साल पहिलाको जस्तै होला? उत्तर सहज छैन तर यी कुराहरूको सम्भावना भने देखिन्छ। भविष्यमा कुनै ठूलो ज्वालामुखी विस्फोटन हुन सक्दछ या धुमकेतु पृथ्वीमा ठोकिन सक्छ। यसपछि पृथ्वीको रूप नै बलिन सक्छ।
निकट भविष्यमा के होला त्यो पछिको बहसको विषय बन्ला। विकासक्रमको सबैभन्दा ठूलो असर चाहिँ होमो-सोपिन्स अर्थात् मानिसमा परेको छ।
जनावरको रूप कति बदलिएला?
हाल बाँचिरहेकै दैनिकी बाँच्ने हो भने अबका लाखौं वर्षपछि अजीव रुप धारण गर्ने जीवाश्म वैज्ञानिक पिटर बार्डले २००१ मा आफ्नो किताब ‘फ्युचर इभोलुसन’मा लेखेका थिए।
उदाहरणका लागि हामी सबै प्रदुषणको वातावरणमा रहँदै आएको कुरा लिन सकिन्छ। यदि यो प्रदुषण कायम रहेमा वा बढ्दै गएमा मानिस चुच्चो भएको जनावरमा रुपान्तरण हुनेछ। त्यतिबेला टिनमा बाँसको लामो पाइपबाट पानी पिउन सफल हुनेछौं। चिल्लो कपाल हुने छ भने विषालु पानी उसको शरीरमा अडिने छैन। अध्येता पाट्रिसिया ब्रेनेनका अनुसार सफा पानीको कमीका कारण मौजुदा जीवको गुणमा यस्तो परिर्वतन आउँनेछ। उनीहरू बदलिँदो वातावरण अनुसार नै परिर्वतन हुनेछन्।
हावाको पानी सोसेर लिन सक्ने छाला भएका विशाल जीवको उत्पत्ति हुन पनि सक्छ। छेपारोको गलामा हुने कलरफुल पानीको भाँडो अझ ठुलो हुनेछ। यसले गर्दा उसले अझै धेरै पानी रिर्जभ गरेर राख्न सक्नेछ। जनावरको शरीरमा भएको केही अंश हराएर पानी स्टोरका लागि अलग्गै ब्याग बन्न सक्ने संभावना पनि छ। पृथ्वीको तापक्रम बढ्दै गएकोले आगामी दिनमा जीवहरूको आकार यस्तै हुन्छ भनेर ठोकुवा गर्न सकिने अवस्था नरहेको वैज्ञानिकहरूको भनाइ छ।
अजीव जीव
पृथ्वीमा जीव उत्पत्ति भएको समयदेखि हालसम्म धेरै भन्दा धेरै प्रजाति हराएका छन्। ५ करोड वर्ष पहिले करिब ९५ प्रतिशत पानीमा रहने र ७० प्रतिशत जमिनमा रहेन सक्ने क्षमता भएका जीवहरु अचानक खतम भएका अध्ययनहरूले देखाएको छ। यसपछि मात्र डाइनासोर जस्ता जीवहरूको अस्तित्व आएको थियो। तर केही समयपछि यी पनि लोभ भएर गए। र स्तनधारी जीवको उत्पत्ति भयो।
यी परिर्वतनलाई हेर्दा र अध्ययन गर्दा पृथ्वीमा आएका जीवनको सुरुवाती एक लाख वर्षसम्म यस्ता जीवहरूको उत्पत्ति भएन जसलाई ज्यादा अक्सिजनको आवश्यकता होस्।
तर दुई लाख ४० हजार वर्षपछि जब फोटो सिन्थेसिसको प्रक्रिया सुरु हुन लाग्यो पृथ्वीमा धेरै प्रकारका ब्याक्टेरियाको अस्तित्व समाप्त भएको थियो। यस्तो परिर्वतन हिजो पनि भएको र भोलिका दिनमा पनि हुने निश्चित छ।
भविष्यमा मानिसको उपस्थिति पूर्ण रूपमा समाप्त हुनेछ। अचम्म र आश्चर्यलाग्दा जीवले धर्तीमा शासन गर्न सक्नेछन्। तर यो निकट भविष्यमै हुनेवाला भने देखिँदैन। हामीपछि आउने कयौं पिँढीले पनि यस्तो देख्न पाउनेवाला छैन।
(बिबिसी हिन्दीमा प्रकाशित यो सामग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।