• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जनशिक्षालयका हेडसर वडा कार्यालयमा सहयोगी

64x64
नेपाल लाइभ सोमबार, भदौ १६, २०७६  १७:०५
1140x725

रोल्पा- माओवादी सशस्त्र युद्धताका 'तुफान' नामले परिचित थिए रोल्पा नगरपालिका-१ धारपानीका जुमबहादुर महरा। माओवादी युद्धताका मगरात जनसरकार अन्तर्गत जनशिक्षा विभागले सञ्चालन गरेको जनशिक्षालयको प्रधानाध्यापक रहेका ४५ वर्षे उनी शान्ति प्रक्रियापछि भने स्थानीय सरकारको वडा कार्यालय सहयोगी बनेका छन्। 

विद्यालय पढ्दा तत्कालीन संयुक्त जनमोर्चाको समर्थक थिए उनी। २०५२ फागुन १ गते माओवादीले सशस्त्र युद्ध घोषणा गरे पनि लामो समयसम्म उनी घरमै बसिरहे। युद्धको प्रभावसँगै सुरक्षाकर्मीद्वारा सामान्य समर्थक शुभचिन्तकलाई समेत गिरफ्तार गर्ने कार्यलाई तीव्रता दिन थाल्यो। 

सदरमुकामदेखि १ घन्टा टाढाको दुरीमा बसोबास गर्ने उनले प्रहरीको गिरफ्तार सूचीमा आफ्नो नाम पनि रहेको थाहा पाए। प्रहरीको सम्भावित पक्राउबाट बच्नका लागि घरबाट निस्कने निष्कर्षमा पुगे। २०५६ भदौ १ गते घरबाट निस्किए। माओवादी कार्यकर्तासँग नियमित सम्पर्कमा रहेका उनलाई भूमिगतपछि कसको सम्पर्कमा जाने भन्ने समस्या नै भएन। उनी माओवादीको सम्पर्कमा गएसँगै युद्धमा पूर्णकालीन भएर लाग्ने निष्कर्षमा पुगे। 

होचो शारीरिक कद र भारी शारीरिक बनावटका कारण उनलाई हिँडडुल गर्न निकै मुस्किल हुन्थ्यो। सुरक्षाका कारण दिनभर सेल्टरमा बस्ने र रातको समयमा हिँड्नु पर्ने नियम थियो। उनले पनि त्यसै गर्नुपर्ने भयो। 

'रातमा हिँड्दा निकै मुस्किल भयो। लाइट बाल्न नपाइने, हिँड्दा कैयौं पटक लडेर चोटपटक पनि लाग्थ्यो,' उनले स्मरण गरे। 

पूर्णकालीन माओवादी कार्यकर्तासँग हिँडेको देख्दा गाउँलेहरु उनलाई हेरेको हेर्‍यै हुन्थे। होचो कद भएकाले माओवादी नेतादेखि कार्यकर्ता र गाउँलेहरुले समेत विशेष रुपले माया गरेको जस्तो अनुभूति हुन्थ्यो उनलाई। उनीसँगै फोटो खिचाउनेको ताँती लाग्थ्यो। 

अन्य माओवादी कार्यकर्तालाई भन्दा उनलाई बढी मात्रामा सुरक्षा चुनौती थियो। राम्रोसँग हिँडडुल गर्न नसक्ने तथा स्पष्ट चिनिने शारीरिक संरचनाका कारण उनलाई थप सुरक्षित वातारणमा राख्ने चुनौती पार्टीलाई पनि थियो। सोही अनुरुप उनलाई धेरै हिँडडुल नगर्ने गरी व्यवस्थापन गर्न पार्टीले जनशिक्षालयमा पढाउने जिम्मेवारी दियो। 

माओवादीको अति प्रभावित गाउँहरुमा खोलिएका त्यस्ता जनवादी विद्यालय तथा जनशिक्षालयमा माओवादी कार्यकर्ता र युद्धमा मारिएका सहिदका सन्तानले पढ्ने गर्दथे। उनले एक वर्ष रोल्पाको तेवाङमा रहेको लिस्ने जनशिक्षालयमा पढाए। नेपाली सेना र माओवादी सेनाको सोही ठाउँमा भिडन्त भएपछि उनलाई रोल्पाको फगाममा सञ्चालित अर्को शिक्षालयमा स्थानान्तरण गरियो। उनले त्यहाँ करिब एक वर्ष पढाए। फगाममा रहेको सो शिक्षालयमा साँझ २ घन्टा पढाइ हुन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

जनशिक्षा विभागले रोल्पा जैमाकसलामा सञ्चालन गरेको नवचेतना जनशिक्षालयमा पढाउने गरी उनी २०५९ सालमा पुनः स्थानान्तरण गरिए। कक्षा ३ सम्म पढाइ हुने सो जनशिक्षालयमा सयभन्दा बढी विद्यार्थी थिए। उनी त्यहाँ प्रधानाध्यापकको रुपमा काम गर्ने गरी खटिए। उनीसँगै अन्य स्टाफ पनि थिए। 

विद्यालयको प्रशासनिक र व्यवस्थापकीय कामका साथै पठनपाठन समेत उनको जिम्मेवारीमा पर्‍यो। माओवादीले सञ्चालन गरेको विद्यालय भएका कारण सरकारी पक्षले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने खतरा थियो। त्यस्तो बेला साना बालबालिकालाई कसरी सुरक्षित गर्ने भन्ने उनीसँगै चुनौती थियो। प्रहरीको उपस्थिति नभए पनि गाउँमा कहिलेकाहीँ सेना जाने गर्दथ्यो। सेना अपरेसनमा जाँदा पढाइ नै रोकेर उनी लगायतका अन्य शिक्षकहरु आत्मसुरक्षाका लागि सेल्टरतिर लाग्थे। उनले सो जनवादी विद्यालयमा २०६५ सालसम्म पढाए। शान्ति प्रक्रियाको करिब दुई वर्षसम्म उनले सोही विद्यालयमा अध्यापन गरे।

दिउँसो विद्यालयमा पढाउने र साँझ बिहान पार्टीको सांगठनिक काममा उनको समय बित्ने गर्थ्यो। युद्धकालीन अवस्थामा बनेका सबै संरचनाहरु सरकारले व्यवस्थापन गर्ने भनिए पनि अहिले जनवादी विद्यालयहरु लथालिंग भएकोमा उनलाई चित्त बुझेको छैन। 

'आफूहरुले ज्यानको बाजी राखेर वैज्ञानिक शिक्षा दिने उद्देश्यले त्यस्ता विद्यालय सञ्चालन गरेको भए पनि अहिले अधिकांश विद्यालय लथालिंग भएकोमा दुःख लागेको छ,' महराले भने, 'दसवर्षे जनयुद्धले स्थापित गरेको सम्पत्तिहरुको संरक्षण हुनुपर्छ।'

माओवादी युद्धमा उनले झन्डै ६ वर्ष पूर्णकालीन कार्यकर्ताको रुपमा बिताए।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर साम्यवादी समाज निर्माण गर्ने सपनासहित माओवादी आन्दोलनमा लागेका उनी जस्ता लाखौं युवाहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन्। उनलाई भने विदेश जान शारीरिक अवस्थाले साथ नदिँदा यतिबेला वडा कार्यालयको कर्मचारी भएका छन्। स्थानीय तहको निर्वाचनपछि गठित स्थानीय सरकारले उनलाई रोल्पा नगरपालिका वडा नं ४ को वडा कार्यालयमा कर्मचारी बनेर सेवा गर्ने अवसर दिएको छ। कार्यालय गएर जनताको काममा सहयोग गर्ने उनको दैनिकी बनेको छ। आफूसँग जनयुद्धमा लामो समय सँगै बिताएका नवराज आचार्य उनको वडाध्यक्ष छन्। हिजो कमरेडी व्यवहार हुन्थ्यो यी दुईबीच। तर अहिले उनै आचार्यले हस्ताक्षर गरेको चिठ्ठी पत्र ओसारपसार गर्ने काम गर्छन्, महरा। 

लामो भूमिगत राजनीतिक यात्रामा जनवादी विद्यालयको हेडमास्टर हुदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमा वडा कार्यालयको कर्मचारीको अनुभव सँगालिरहेछन् उनी। 'हिजो परिवर्तनका लागि घरपरिवार त्यागेर लागियो अब विकासका लागि योगदान गर्ने पालो आएकाले जनताको सेवामा लागेको छु,' महराले भने। 

दसवर्ष लामो जनयुद्धको उपलब्धिले अहिले जनताको घरघरमा सिंहदरवार आएकाले यसको संस्थागत विकासमा लाग्नुपर्ने उनको बुझाइ छ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्