• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कुस्ती प्रतियोगितामा रकम नदिएको भन्दै गाउँपालिकाका कर्मचारीमाथि आक्रमण, ६ दिनदेखि कामकाज ठप्प

आरोपित भन्छन्- कार्यालय सार्ने षड्यन्त्र, कारबाही प्रक्रियामा छौं : सिडिओ
64x64
नेपाल लाइभ सोमबार, भदौ १६, २०७६  ०८:४५
1140x725

राजविराज– स्थानीयवासीबाटै असुरक्षित भएको भन्दै कर्मचारी कार्यालयमा बस्न छोडेपछि सप्तरीको महादेवा गाउँपालिकाको कामकाज ६ दिनदेखि प्रभावित भएको छ।

गाउँपालिकाका २५ जना कर्मचारी भदौ ११ गतेदेखि नै कार्यालयमा जाने र हाजिर गरेर फर्किने गरेका छन्। बैसाखमा भएको कुस्ती प्रतियोगिताका लागि गाउँपालिकाले थोरै रकम निकासा गरिदिएको विषयमा स्थानीय युवाहरुले कार्यालयमा प्रवेश गरी पटक-पटक आक्रमण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले बताए।

पछिल्लो पटक भदौ ११ गते इन्द्रनारायण मण्डल, सञ्जय कुमार यादव र नुनु मण्डलसहितका युवाहरुले कार्यालयमा प्रवेश गरेर कर्मचारीमाथि हातपात गरेपछि आफूहरु थप असुरक्षित भएको कर्णको भनाइ छ। आफूलाई जोगाउन आएका कार्यालय सहयोगी भुपेन्द्र यादवलाई युवाहरुले कुटपिट गरी घाइते बनाएको कर्णले बताए।

कर्मचारीहरुले आइतबार राजविराजमा पत्रकार सम्मेलन गरेर शान्तिसुरक्षाको माग गरेका छन्। ‘कहिले बाटोमै घेरेर दुर्व्यवहार गर्छन्, कहिले कार्यालयमा पसेर कुट्छन्,’ कर्णले भने, ‘यस्तो अवस्थामा हामीले कसरी काम गर्ने?’ युवाहरुले फोनमा समेत कार्यालय छोडिहाल्न धम्की दिने गरेको उनले गुनासो गरे।

घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदासमेत सुनुवाइ नभएको कर्मचारीले गुनासो गरेका छन्। ‘हामीले घटनाको भोलिपल्टै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थियौं। 'प्रमुख जिल्ला अधिकारीलाई नै भेटेर पनि कुरा गर्‍यौं,’ कर्णले भने, ‘तर, हालसम्म त्यस विषयमा कुनै सुनुवाइ भएन।’

कर्मचारी माथि भइरहेको दुर्व्यवहार र सम्भावित आक्रमणको विषयमा आफूहरुले घटना हुनु अगावै पनि सिडिओ सुरेन्द्र पौडेललाई भेटेर जानकारी गराएको तर वास्ता नगरिएको कर्मचारीको गुनासो छ।

पत्रकार सम्मेलनमा उपस्थित गाउँपालिका अध्यक्ष दिपककुमार यादव, वडा नं. १ का अध्यक्ष जयश्वर किशोर दास, वडा नं. ४ का अध्यक्ष जुगेश्वर साह र वडा नं. ५ का अध्यक्ष रमेश मण्डलले पनि हाल कार्यालय रहेको वडा नं. ६, ढिकलीमा कर्मचारीहरु असुरक्षित भएको दाबी गरे। अनावश्यक रुपमा रकमको डिमान्ड गर्ने, नदिए दुर्व्यवहार र कुटपिट गरिहाल्ने प्रवृत्तिका कारण कर्मचारीसहित जनप्रतिनिधि समेत आजित भएको वडाध्यक्षहरुको भनाई छ। आफ्नै अगाडि पनि २ पटक कर्मचारीमाथि दुर्व्यवहार भइसकेको गाउँपालिका अध्यक्ष यादवले पुष्टि गरे।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिकाको कार्यालय सार्ने षड्यन्त्र
गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष र कर्मचारीसहितले कुटपिट र दुर्व्यवहारको आरोप लगाइएका युवाहरुले भने स्थानीयवासीलाई आरोप लगाएर कार्यालय सार्ने षड्यन्त्र सुरु भएको बताए।

अध्यक्ष यादवले बैसाख १ देखि ४ सम्म सञ्चालन भएको कुस्ती प्रतियोगितामा लागेको सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाए पनि अन्तिम समयमा २ लाख रुपैयाँ मात्रै भुक्तानी गरेपछि सोही विषयमा सामान्य विवाद भएको तर कर्मचारीमाथि हातापात नगरेको उनीहरुको भनाइ छ।

‘विवाद भएको विषयमा गाउँपालिकामै बसेर हामीले क्षमायाचना गरेका थियौं। त्यो विषय सकिएको थियो,’ आरोपित सञ्जयकुमार यादवले भने, ‘त्यसपछि पनि स्थानीयवासीलाई दोष देखाएर असुरक्षा भयो भन्नु आफैंमा अनौठो विषय हो।’

गाउँपालिका अध्यक्ष यादवले आफ्नो घर पायक पर्ने गरी वडा नं. ३ स्थित वथनाहामा कार्यालय सार्न प्रयास गरिरहेको र ढिकिलीमा असुरक्षा भएको देखाउन कर्मचारीलाई प्रयोग गरिएको उनले दाबी गरे।

Xtrem

Xtrem

यसअघि पटक-पटक कार्यालय सार्ने प्रयास भएपछि स्थानीय वसन्त खंग लगायतका व्यक्तिले उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दर्ता गराएर रोकेको बताउँदै यादवले विवाद देखाएर फेरि कार्यालय सार्ने प्रयास सुरु भएको जिकिर गरे।

गाउँपालालिकाको कार्यालय सार्ने विषय हाल अदालतमा विचाराधीन छ। गाउँपालिकाको तर्फका कानुन व्यवसायी केशव दासका अनुसार वसन्त खंगले २०७५ कात्तिक १२ गते दर्ता गराएको उजुरीमा कात्तिक १९ गते अदालतले अन्तरिम आदेश जारी गरेको छ। कार्य विशेष परिस्थिति तथा अवस्था भएमा बाहेक साविक कार्यालयमै बैठक तथा अन्य कामकाज गर्न अदालतले आदेश जारी गरेपछि कार्यालय सार्ने विषय रोकिएको थियो।

के भन्छन् सिडिओ
सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले कर्मचारीमाथि केही युवाहरुले दुर्व्यवहार गरेको विषयमा कार्यालयमा उजुरी परेको र सो विषयमा छानबिन तथा आवश्यक कारबाही गर्न प्रहरीलाई पत्राचार गरिसकेको बताए।

‘सामान्य जानकारीका आधारमा कर्मचारीमाथि दुर्व्यवहार भएको देखिएको छ, बाँकी कुरा प्रहरीले पत्ता लगाउँछ,’ उनले भने, ‘यस विषयमा प्रक्रिया अघि बढिसकेकाले चाँडै नै निकास निस्कन्छ।’

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्