काठमाडौं- काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराएको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्राको खर्चका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ हजारका दरले वार्षिक पदभत्ता पनि वितरण गरेको छ। त्यसैगरी पूर्व गणेशलाई मासिक १२ हजार, पूर्व भैरवलाई मासिक १२ हजारकै दरले वार्षिक पदभत्ता पनि मेयर शाक्यले हस्तारण गरे।
मेयर शाक्यले इन्द्रजात्राको व्यवस्थापनका लागि आवश्यक अन्य खर्च पनि उपलब्ध गराउन आफूहरु तयार रहेको स्पष्ट पारे।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षबाट कुमारीलाई ५० हजार रुपैयाँ मासिक पदभत्ता वितरण गर्ने निर्णय पनि गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।