काठमाडौं– दलीय भागबन्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडा भएको भन्दै नेविसंघले खबरदारी र्यााली निकालेको छ।
माइतीघर मन्डलाबाट निकालिएको र्यादली बानेश्वर पुगेर टुंगिएको थियो। कार्यक्रमका संयोजक नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबन्डा नरोकिए कडा संघर्षमा उत्रने चेतावनी दिए।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांङ्ग्रेसका युवा नेता कुन्दनराज काफ्लेले नेविसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै, भागबन्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।