राजविराज- सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
वर्षासँगै परेको चट्याग लागेर डाकनेश्वरी नगरपालिका-९ का ५० वर्षीय राजेन्द्र मण्डलको मृत्यु भएको हो।
शम्भुनाथ नगरपालिकास्थित कठौना हटिया जाँदै गर्दा मण्डललाई चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लगिएको इन्स्पेक्टर सन्तोष खड्काले बताए।
मृतकका पत्नी, २ छोरा र १ छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।