जनकपुर- महाेतरीमा ३ वर्षीय एक बालककाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ।
ईलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारीअनुसार गाैशाला नगपालिका-१ बस्ने दिलबहादुर जर्घाका ३ वर्षीय छाेरा सुजन जर्घाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे हो।
मृतक बालक घरछेउकै पाेखरीमा नुहाउन जाँदा पानीमा डुबेका थिए।
डुबेर बेहाेस अवस्थाका उनलाई उपचार गर्न बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याएपछि मृत घाेषणा गरिएको हो।
मृतककाे शव परीक्षणकाे लागि जनकपुर अञ्चल अस्पताल पठाइएकाे प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।