काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भीम गौतम विजयी भएका छन्। उनले १ सय २० मत ल्याएर अर्का प्रतिस्पर्धी मोदनाथ ढकाललाई पराजित गरेका हुन्। ढकालले १ सय १० मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा सरु ढकाल र विष्णु बेल्बासेको मत बराबर आएपछि गोलाप्रथाबाट सरु ढकाल विजयी भएकी छन्। उनीहरू दुबैले समान ८३ मत प्राप्त गरेका थिए। अर्का प्रतिस्पधी अनुज राज ढुंगेलले भने ६७ मत प्राप्त गरेका थिए।
यसैगरी महासचिवमा सुजन ओलीले १ सय ३५ मत ल्याएर विजयी भएका छन्। महासचिवकै अर्का प्रत्यासी अच्युत पौडेलले ९५ मत ल्याएका थिए। सचिवमा भने कृष्ण रिजाल विजयी भएका छन्। कोषाध्यक्षमा हिमाल पौडेल निर्विरोध निर्वाचित भइसकेका छन्।
यसैगरी सदस्यहरूमा विनय बञ्जारा, मुना कुँवर, सुजन ढुंगाना, हिमा विक र कमला अर्याल विजयी भएका छन्।
सदस्यमा नै प्रतिस्पर्धी रहेका जीवन कुमार बस्नेत र विष्णुप्रसाद पोखरल भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। शनिबार नयाँ बानेश्वरको इन्द्रेणी पार्टी प्यालेसमा चुनाव भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।