• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

लेकालीले सम्झियो सांगीतिक विगत

64x64
नेपाल लाइभ शनिबार, भदौ १४, २०७६  १५:४९
1140x725

काठमाडौं- नेपालयले आयोजना गरेको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपटक लेकालीका गीत प्रस्तुत भएका छन्। शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए।

वि.सं. २०२४ सालमा स्थापना भएको लेकालीले समूहको नाममा एकल कन्सर्ट नगरेको लामो समय बितिसकेको थियो। लेकालीले यसअघि २०२८ सालमा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको संझना गर्‍यो।

लेकालीले संगीतकार, गीतकार तथा गायकद्वय गणेश रसिक र हिरण्य भोजपुरेले भरेका धुनहरूलाई गाउने गरेका छन्। उनीहरूका धुनहरू तत्कालीन समसामयिक प्रचलन र लोक धुनमा आधारित हुने गर्छन्। लेकालीले शुक्रबार साँझ तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको ‘आर’शालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा लेकालीका प्रारम्भिक चरणका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको सहभागिता रहेको थियो। विगतमा धेरै सदस्यका साथ प्रस्तुत भएको लेकालीले आफ्ना धेरैजसो सहयात्रीमध्ये कोही देश बाहिर रहेको र कतिपयको अवसान भएको जानकारी गराएको थियो। लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोर राई, नीरा श्रेष्ठ, न्हुच्छे बहादुर लगायतको संलग्नता रहेको थियो। यी मध्ये ‘आर’शालामा उपस्थित नीरा श्रेष्ठ भने स्वस्थ्यका कारण मञ्चमा उपस्थित भइनन्। शशी भण्डारी र कमला श्रेष्ठ दिवंगत भइसकेका छन्।

कार्यक्रमको शुरुवात एकताका रेडियो नेपालबाट घन्किएर लोकप्रिय बनेको गीत ‘लहरा पहरा छहराको देश’बाट भएको थियो। लेकालीले वि.सं. २०२५ मा गरेको आफ्नो पहिलो कार्यक्रमलाई यही गीतको बोलबाट नामाकरण गरेको जानकारी गराएको थियो। आफ्ना संस्मरणसहित गीत प्रस्तुत गरिरहेका लेकाली सदस्यका रोचक प्रसंगहरूले कार्यक्रममा थप रौनक थपेको थियो।

तेस्रो गीत शुरु गर्ने क्रममा गायक रसिकले भोजपुरबाट काठमाण्डौ आउँदाको आफ्नो विगत सम्झँदै आफ्नो सांगीतिक शुरुवात ‘राल्फा’बाट भएको स्मरण गरेका थिए। ‘राल्फा'बाट पृथक् भएपछि हिरण्य भोजपुरेसँगको भेट र लेकालीको आरम्भ भएको प्रसंग जोड्दै उनले ‘हुस्सुले छोपेको शहर’ सुनाएका थिए।

चौथो गीत लेकालीको पलेँटीमा अतिथि गायिकाको रुपमा संलग्न भएकी लोकप्रिय गायिका मीना निरौलाले सुनाएकी थिइन्। हिरण्य भोजपुरेले सृजना गरेको गीत ‘म सानो मेरो मन सानो’ मीनाको स्वरमा निकै सुहाएको प्रतिक्रिया दर्शकहरूबाट आएको सुनिन्थ्यो। त्यसपछि गणेश रसिकले सृजना गरेका दुईवटा युगल गीतमा पनि रसिकलाई मीनाले साथ दिएकी थिइन्। रसिकले पछिल्लो चरणमा सृजना गरेका यी दुई गीतमा उनले काव्यिक प्रयोग गरेको छनक पाइन्थ्यो। स्लो नम्बरका यी गीत ‘ओ शून्यता’ र ‘तिम्रो सुन्दर रुपमा बस्छु म’ मार्फत् रसिकले मानवीय संवेदनालाई पृथक बिम्बका साथ अभिव्यक्त गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

 कार्यक्रमको अर्को चरणमा महिला र पुरुष युगल गीत प्रस्तुत भएका थिए। महिला युगल गाउनु पहिले उर्मिला श्रेष्ठले आफ्नो पारिवारिक पृष्ठभूमिलाई सम्झँदै त्यतिबेला महिलाले गीत गाउनुलाई काठमाडौंको रैथाने नेवार परिवारले सहजतापूर्वक नलिएको सन्दर्भ सम्झिइन्। उर्मिला र मीनाको स्वरबाट ‘खोलाको तिरमा’ र ‘काफल पाक्यो’ गुञ्जनसँगै कार्यक्रमले लोकशैलीका गीतमा प्रवेश गरेको थियो।

 ‘नेपाली गीतहरू विशेषगरी तीन तरिकाले बन्ने गरेका छन्; शास्त्रीय, अन्तरराष्ट्रिय र लोक शैलीमा। शास्त्रीय र अन्तरराष्ट्रिय शैलीमा बनेका गीतलाई आधुनिक भनियो तर हामीले चाहिँ लोक गीत जस्तै गीत आफूले सृजना गर्दा पनि तिनलाई आधुनिक भनिएन तर भनिनु पर्छ भन्ने हाम्रो मान्यता थियो।‘हिरण्य भोजपुरेले लेकालीका रचनाका बारेमा आफ्नो धारणा राखे। रसिकले पनि भोजपुरेसँग लोली मिलाउँदै थपे, ‘हामीले आफू जन्मे हुर्केको परिवेशबाट सरल शब्दहरू लियौं र तिनलाई नै धुन भर्‍यौं। 

हामीले लोक पाराकै शैली अपनाएकोले सायद ती लोकगीत जस्तै भए। हामीलाई यिनै गीतले फरक पहिचान पनि दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘विगतमा अभावको बेला लेकालीलाई आफ्ना अभिभावकहरूले सहयोग गरे र हामी यो क्षेत्रमा लाग्न पायौं अहिले हाम्रा सन्तानहरू सक्षम भएका छन् र हामीलाई सहयोग गरिरहेका छन् र यो उमेरमा पनि गाउने जमर्को गरिरहेका छौं।‘ उर्मिला भन्दै हुन्छिन्। उनको संकेत लेकालीको पहिलो कार्यक्रम हेर्न अमेरिकादेखि नेपाल आएका छोरा सिरिशतिर हुन्छ। आमाको प्रतिक्रिया सुनेर सिरिश निकै खुशी देखिन्थे। सिरिश वि.सं. २०२८ सालको लेकालीको पछिल्लो कार्यक्रम हुँदा जन्मेकै थिएनन्। 

रसिक र भोजपुरेले गाएका युगल गीत ‘ए है, है आज भेडाबाख्रा कता लाने?’ र ‘त्यो माथिबाट को मान्छे झर्‍यो-ए मितज्यू’ले कार्यक्रमलाई झन् रोचक बनाउँदै लगे। त्यसपछि लेकालीका चर्चित गीतहरू ‘बस बस रे’, ‘हर हर महादेव पानी देऊ’, ‘झाँक्री गीत’, प्रस्तुत हुँदा दर्शकमा हाँसो र उमंग थपिएको देखिन्थ्यो। हाँसो रमाइलोकै बीच लेकालीले ‘रातो भाले’बाट आफ्नो कार्यक्रमको समापन गरेको थियो।

पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए।

पलेँटीको आउँदो महिनाको शृंखलामा गीतकार तथा कविहरू कालीप्रसाद रिजाल, मञ्जुल र तीर्थ श्रेष्ठ प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ। सो अवसरमा तीनजनै श्रष्टाहरूको पुस्तक सार्वजनिक गर्ने कुरा पनि जानकारी गराइएको थियो।

शुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी हाल अन्तिम सप्तान्त- शुक्रबार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ। त्यसैले यसपालीको पलेँटी पनि शनिबार र आइतबारसमेत निरन्तर रहनेछ।
 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्