रोल्पा- रोल्पामा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा परी हराइरहेका चालकको शनिबार बिहान शव फेला परेको छ।
सदरमुकाम लिवाङवाट निम्री तर्फ यात्रु पुर्याएर फर्कंदै गरेको हिमताल यातायात प्रालिको ना १ ज ४६५६ नम्बरको उक्त जिप माडचौरको भलाममा दुर्घटना भएको थियो।
दुर्घटनामा परी चालक रोल्पा नगरपालिका १० धवाङका ३० वर्षीय दिलबहादुर बुढामगर हराइरहेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनको खोजी कार्य गर्दै जाँदा शनिबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
लिवाङ घर्तीगाउँ सडक खण्डको भलाममा दुर्घटनामा परहेको उक्त जिप सडकबाट २ सय मिटर तल खसेको प्रहरी निरीक्षक लीलाराम आचार्यले जानकारी दिए।
शव नदीले बगाएर माडी नदी पुल नजिक पुर्याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टिमले उद्धार गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।