काठमाडौं- शनिबार देशका विभिन्न भागमा वर्षाका भएको छ। वर्षाका कारण काठमाडौं उपत्यकाको बागमती,बिष्णुमती, नख्खु, मनोहरा लगायत र अन्य स-साना नदीहरूमा समेत बहाव बढ्दो क्रममा छ।काठमाडौंस्थित सानो भर्याङको ढुंगेधारा बस्तीमा पानीको मात्रा बढेसँगै स्थानीय प्रभावित भएका छन्।
बस्तीमा पसेको बाढीले घर डुबानमा परेका छन्। उक्त स्थान काठमाडौं ८ नम्बर निर्वाचन क्षेत्रमा पर्छ। नेकपा सांसद रामवीर मानन्धरको निर्वाचन क्षेत्र रहेको उक्त स्थान यो वर्षमात्र ८ पटक डुबानमा परिसकेको स्थानीयले बताए। स्थानीयले पटक पटक आग्रह गर्दा पनि सांसद मानन्धरले भने कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ।
त्यसैगरी मनोहरामा बहाब सतर्कता तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाले उपत्यकाका विभिन्न भाग प्रभावित समेत भएका छन्।
यसैबीच शनिबार र आइतबार झापा, मोरङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, मकवानपुर, चितवन, नवलपरासी, स्याङजा, पाल्पा, अर्घाखांची, कपिलवस्तु, दाङ, बांके, बर्दिया, रोल्पा, सुर्खेत भइ बहने नदीमा बाहव बढ्ने महाशाखाले जनाएको छ।
सम्भावित क्षेत्रहरूमा सचेत रहन स्थानीयलाई महाशाखाले अनुरोध गरेको छ।
.jpg)
.jpg)






तस्बिर सौजन्य : रामप्रसाद न्यौपाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।