• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुलही 'किनबेच' गरेर चीनमा मानव तस्करी : बा-आमालाई ६० हजार, तस्करलाई १० लाख

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०७६  १७:१९
1140x725

काठमाडौं– विवाहको बहानामा नेपाली युवतीहरुको चीनमा मानव तस्करी हुने गरेको रहस्य बाहिर आएको छ। 

विवाहको बहानामा मानव तस्करी हुन लागेको भन्ने सूचना आधारमा मानव बेचबिखन नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्धारसमेत गरेको छ। 

मानव तस्करीमा संलग्न ६ नेपाली र ४ चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु–२ की रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटको ककनी गाउँपालिका–४ घर भई टोखा बस्ने रोज तामाङ, लमजुङको बेँसीसहर–३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, बेँसीसहरकै भरत तामाङ, लमजुङकै उषाकुमारी घिमिरे छन्। 

त्यसैगरी पक्राउ परेका चिनियाँ नागरिकमा जेङ छिङ डाङ, झाङ डोङ हुई, क्वानहाङ पिङ, क्वीन लियाङ छन्। 

कसको भूमिका के?
पक्राउ परेकी रिनाले नेपाली दलाल र भाषा अनुवादको भूमिका निभाएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए।

त्यस्तै रोज तामाङ रिना तामाङलाई कागजपत्र बनाउन तथा अन्य काममा सहयोगी गर्ने व्यक्ति भएको पाइएको छ। पार्वती गुरुङले भने गाउँबाट काठमाडौं ल्याइएका युवतीहरुलाई राख्ने तथा एजैन्टसँग भेट गर्ने व्यवस्था मिलाउने गर्थिन्। अमृताले भने गाउँबाट युवतीहरुलाई फकाएर काठमाडौंसम्म ल्याउने काम गरेको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै भरतले गाउँबाट युवतीहरु फकाएपछि अमृताको जिम्मा लगाउने गरेका थिए भने उषाले विभिन्न स्थानहरुबाट युवतीहरुलाई सम्पर्क गरेर भिनियाँ नागरिकहरु भेट गराउने काम गर्थिन्।

Ncell 2
Ncell 2
nimb
nimb

चिनियाँ नागरिक जेङ छिङ डाङ र झाङ डोङ चिनियाँ दलाल भएको पाइएको छ। क्वान हाङ र क्वीन लियोङ भने नेपाली युवतीसँग विवाह गर्न भनेर काठमाडौंसम्म आएको पाइएको छ। 

अनुसन्धानबाट खुल्यो नयाँ रहस्य
नेपालका विभिन्न जिल्लाहरूबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई चिनियाँ नागरिकसंग विवाह गरी चीन पठाउने भन्दै फकाउने गरेको पाइएको ब्युरोले जनाएको छ। 

उनीहरुले चीन गएमा जीवन राम्रो हुने, चिनियाँ पासपोर्ट प्राप्त गर्ने, परिवारले समेत आर्थिक लाभ प्राप्त गर्ने भनी प्रलोभन देखाउने गरेका थिए। प्रायः कम उमेरका तथा मङ्गोलियन अनुहारका युवतीहरुलाई लक्षित गरिएको देखिएको प्रहरीले जनाएको छ। 

पीडितलाई स्थानीय दलालहरुले आफ्नोसाथ काठमाडौं ल्याई काठमाडौंको दलाललाई जिम्मा लगाउने गरेको पाइएको छ। विभिन्न दलालहरु मार्फत आएका युवतीहरुलाई काठमाडौंको दलालले आफूसँग फ्ल्याटमा राखी उनीहरुलाई विदेश नपठाउँदासम्म १५/२० दिनमसम्म एउटै स्थानमा राख्ने गरेका थिए। 

Xtrem

Xtrem
मानव तस्करीको आरोपमा पक्राउ परेकाहरु

काठमाडौं ल्याइसकेपछि युवतीहरुलाई मेकअप गर्न सिकाउने, भड्किलो पहिरन लगाउन उत्प्रेरित गर्ने, अन्य एजेन्टमार्फत विवाह गर्न इच्छुक चिनियाँ नागरिकलाई प्रत्यक्ष र भिडियो कलमार्फत भेट गराउने गरेको पाइएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए। 

त्यसपछि चिनियाँहरुले आफ्नो इच्छानुसार युवतीहरु छान्ने गरेको थिए। युवतीहरुलाई विवाह गर्ने भनिएको श्रीमानको घर, परिवारको बारेमा अनलाइन कलबाटै अत्यन्तै न्यून जानकारी गराइएको थियो। 

विवाह गर्ने युवती तय भएपश्चात् चीनमा रहेका दलालमार्फत चिनियाँ नागरिकहरु काठमाडौंमा आएर यहाँ रहेका चिनियाँ दलालसँग सम्पर्क गर्ने गरेका थिए। चिनियाँ र नेपाली दलालहरुको समन्वयमा नेपाली युवती र चिनियाँ युवकहरुलाई भाषा अनुवादको समेत व्यवस्था गरी (भाषा अनुवादक प्रायः नेपाली दलाल हुने गरेको) काठमाडौंका विभिन्न स्थानहरुमा भेटघाट गराउने गरेको पाइएको छ। 

काठमाडौंमा भेटपश्चात् चिनियाँ नागरिकले आफूले छानेका युवतीहरुको यकिन गर्ने गरेका थिए। २/४ दिन चिनियाँ नागरिकसँग विभिन्न स्थानहरुमा अथवा अनलाइन सम्पर्क गराउने, चिनियाँ खानपिन तथा रहनसहनबारे सिकाउने गरेको अनुसन्धानबाट खुलेको छ। 

त्यस्तै युवतीहरुलाई विवाहका लागि आवश्यक कागतपत्रहरु अविवाहित प्रमाणपत्र, विवाह दर्ता आदि आफै तयार गर्न लगाउने गरेको पाइएको छ।

विवाहका लागि युवतीका परिवारलाई समेत विभिन्न प्रलोभनमा पारी सहमति लिने, सम्भव भएसम्म हुनेवाला दुलाहासँग भेटघाट गराई विवाह दर्ताका क्रममा साक्षीको रुपमा समेत राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

काठमाडौं  जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी विवाह दर्ता परिवारका सदस्यहरुकै उपस्थितिमा गराउने र विमानस्थलसम्म पुर्‍याउनेसम्मका योजना रहेको देखिएको छ। यसबाट परिवारको पूर्ण सहमतिमा विवाह गराई चीन पठाउने भन्ने देखिएको प्रहरीले जनाएको छ। 

चिनियाँ एजेन्टहरु लामो समयदेखि नेपालमा विभिन्न पेसा गरी बसोबास गर्ने, नेपाली नागरिकहरुसँग राम्रो चिनजान गर्ने, नेपाली भाषा बोल्नेसम्म भएका थिए। नेपालीहरुसँग चिनजानको आधारमा उनीहरुलाई विभिन्न गाउँहरुबाट नेपाली युवतीहरु खोजी काठमाडौंसम्म ल्याउन प्रेरित गर्ने गरेका थिए। 

एक युवतीलाई विवाह गराएबापत काठमाडौंमा रहेको चिनियाँ दलालले १० लाखसम्म पाउने सहमति भएको थियो। 

त्यस्तै काठमाडौंका नेपाली दलालले १ देखि २ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार र नयाँ फोन वा जिन्सी सामानहरु प्राप्त गरेको देखिएको छ।

अभियुक्तहरुबाट १२ थान मोबाइल र २१ लाख ९७ हजार ९ सय ६० नेपाली रुपैयाँ, ३८ हजार भारु, ३३ सय चिनियाँ युयान र ९ अमेरिकी डलर बरामद भएको छ। 

नेपाली युवतीहरुलाई यसरी नै विवाहको माध्यमबाट चीन र दक्षिण कोरिया पठाउने समूहका अपराधीहरुलाई २०७१ सालमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही गरिएको थियो।

नेपाली र चिनियाँ दलालहरुले गाउँदेखि चीनसम्म आफ्नो सञ्जाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गराई विवाह गराउने गरेको पाइएको प्रहरीले जनाएको छ। 

संसारभर यस प्रकारको अपराधलाई मानव तस्करीको एक स्वरुपको रुपमा लिइन्छ र प्रचलनमा यसलाई 'ब्रिड्स बाइङ' भन्ने गरिन्छ। 

पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण  ऐन, २०६४ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। (प्रतीकात्मक तस्बिर)

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्