• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

६० दिन होइन १३ वर्षमा पनि सार्वजनिक भएनन् बेपत्ता

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०७६  १२:३५
1140x725

काठमाडौं- दशक लामो द्वन्द्वको बैठान विस्तृत शान्ति सम्झौतामार्फत गर्दै गर्दा सरकार र तत्कालीन विद्रोही माओवादीले ६० दिनभित्र बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए। 

‘दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउन मञ्जुर गर्दछन्,’ ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौतमा उल्लेख थियो । 

सरकार र विद्रोहीले प्रतिबद्धता जनाएको त्यस्तो ६० दिनले कैंयौं फन्को मारेर १३ वर्षमा पुगिसकेको छ तर बेपत्ता अझै बेपत्तै छन्।

आधाले मात्रै पाए अन्तरिम राहत
बेपत्ता परिवारका आफन्त चाहन्थे- शान्ति सम्झौतामा भनेकै दिनभित्र बेपत्ता पारिएका आफ्ना आफन्त सार्वजनिक होऊन्। तर, अवस्था अझै पनि त्यसमा प्रगति के कति भयो भन्दै खोज्नुपर्नेछ। 

६० दिनभित्रै सार्वजनिक गर्ने भनिएको ८ वर्षपछि २७ माघ २०७१ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो। दुई पटक म्याद थप्दै ४ वर्ष पुर्‍याइएको आयोग अहिले पदाधिकारीविहीन छ। 

सशस्त्र युद्ध सुरु भएको १ फागुन २०५२ देखि ५ मंसिर २०६३ सम्म बेपत्ता पारिएका व्यक्तिमाथि मात्रै अनुसन्धान गर्ने अधिकार पाएको आयोगले प्रारिम्भक अनुसन्धानको काम मात्रै गरेको छ। आयोगका अनुसार बेपत्ता पारिएका व्यक्तिको उजुरी लिने र त्यसमा प्रारम्भिक अनुसन्धान स्वरुप ‘एन्टी मोर्टम फाराम’ भराउने काम भएको छ। 

आयोगले गत १८ चैतमा सार्वजनिक गरेको तेस्रो अन्तरिम प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वको अवधिमा बेपत्ता पारिएका ३ हजार १ सय ९७ उजुरीहरु प्राप्त भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आयोगका अनुसार ६४ जिल्लाका २ हजार ८ उजुरीमा विस्तृत छानबिनको कार्य भइरहेको छ। परिपूरणका लागि १ हजार ७ सय ५३ जना पीडितले फारम भरेकामा अहिलेसम्म ९९९ जना पीडितले मात्र २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँ सम्मको अन्तरिम राहत प्राप्त गरेका छन्। तीमध्ये ७५४ जनाले कुनै पनि अन्तरिम राहत पाएका छैनन्। 

आयोगकै प्रतिवेदन अनुसार बेपत्ता पारिएका व्यक्तिका आश्रितमध्ये घरबास नभएका २३६ जना र जग्गा जमिन नभएका २५३ जना रहेका छन्। 

परिपूरण फाराम भरेका १ हजार ७ सय ५३ मध्ये २ सय १७ बेपत्ताका परिवारले नि:शुल्क शिक्षा, ९९ परिवारले सहुलियत ऋण, १ सय ९४ परिवारले स्वास्थ्य सेवा, ४ सय ६२ ले रोजगारीको व्यवस्था, २१ परिवारले समाजमा पुनर्मिलन, १०९ ले घरबासको व्यवस्था र ७ सय ५५ जनाले क्षतिपूर्ति माग गरेका छन्। 

'पहिले हाम्रा मान्छेको अवस्था सार्वजनिक गरियोस्'
संयुक्त राष्ट्रसंघले बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजै मनाइरहेका बेला सशस्त्र युद्धका बेला बेपत्ता पारिएका आफन्त आफ्नो मान्छेको अवस्था सार्वजनिक भएको हेर्न चाहान्छन्।

कञ्चनपुरका धरम चौधरी १४ वर्षघि बेपत्ता पारिएका आफ्ना कान्छो भाइ छोटेलाल चौधरीको अवस्था सार्वजनिक होस् भन्ने चाहन्छन्। ‘हाम्रा मान्छे हराएका पनि होइनन्, कहीँ गएर बेपत्ता पारिएका पनि होइनन्,’ चौधरी भन्छन्, ‘प्रशासनले आफै छोपेर लगेर बेपत्ता पारेको छ। राज्यले बेपत्ता पारेको छ।’

उनी थप्छन्, ‘अझै पनि हामी के चाहन्छौं भने सरकारले मेरो भाइको स्थिति सार्वजनिक गनुपर्छ। ज्यूँदो छ भने हामीले यहाँ राखेका छौं भनेर भन्नुपर्‍यो। यदि सरकारले नै मारिसकेको छ भने त्यसको जिम्मा त लिनुपर्‍यो।’

कक्षा ८ मा पढिरहेका छोटेलाल २ असोज २०५९ बेपत्ता पारिएको हो। त्यहाँको बेलौरी इलाका प्रहरी कार्यालयका प्रहरीले उनलाई लगेका थिए।

‘त्यो बेला माओवादीकै अरोपमा सरकारले मान्छे बेपत्ता मार्थ्यो, उसलाई पनि माओवादीको गतिविधिमा संलग्न भएको आरोपमा लगेका थिए,’ दाइ धरम चौधरी सम्झन्छन्, ‘भाइलाइ छोपेर लगेपछि आमा भेट्न जानुभएको थियो। भोलि आउँदा कपडा ल्याइदिनुभनेर भाइले भनेको रहेछ तर आमा भोलिपल्ट जाँदा भाइ त्यहाँ थिएन।’

१६ वर्षअघि श्रीमान् बेपत्ता पारिएकी चितवन, पदमपुरकी लीलादेवी भण्डारी (लोप्चन) पनि चाहन्छिन्- श्रीमान् श्यामबहादुरको अवस्था सार्वजनिक होस् र दोषीलाई कारबाही पनि। 

‘उहाँ (श्रीमान्) लाई लिएर जाने मान्छेलाई कारबाही हुनुपर्छ,’ लीलादेवीको माग छ, ‘केही दिन भए पनि थुन्नुपर्छ। त्यति मात्रै भए पनि मन सन्तोष हुन्थ्यो।’ 

२०५९ भदौको मध्यरात घरबाट लगिएका श्यामबहादुर १६ वर्ष बितिसक्दा पनि घर फिरेका छैनन्। नेपाली सेनाको देवीदत्त गणका मेजर मनमोहन वाइबा र प्रितम राणाले आफूसँगै हिँड्न भनेपछि श्यामबहादुर मध्यरातमै उनीहरुको पछि लागेर गएका थिए।  

डेढ दशकदेखि श्रीमान् बिनाको जिन्दगी बिताइरहेकी लीलादेवीको चाहना राज्यले नै आफ्नो पालनपोषणको जिम्मा पनि सरकारले नै लियोस् भन्ने चाहन्छिन् । उनको भनाइ छ, ‘हाम्रो जिम्मा सरकारले लेओस्, सरकारले नै पालनपोषण गरोस्।’

बेपत्ता पारिएका व्यक्तिहरुको नामावली

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्