• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फौजी किराले अन्नबाली सखाप

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०७६  ०७:२५
1140x725

काठमाडौं- जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन्।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन्।

फौजी किराले अन्नबालीका बोट तथा बिरुवासँगै वनजङ्गल नै उजाड बनाउन थालेपछि गाईवस्तु र बाख्रालाई घाँस जुटाउनसमेत समस्या भएको दुर्छिमका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तामन राईले बताए। 'रातको समय अथवा दिन धुम्मिएको समयमा सक्रिय हुने किराले भेटे जति सबै जातका बालीनाली तथा रुख/बिरुवाको पात खाइदिने गरेको छ,' उनले भने, 'मेटासिट नामक विषादी हाल्दासमेत उक्त फौजी किरा नियन्त्रणमा आउन सकेको छैन।'

महिना दिनअघिदेखि फैलिएको फौजी किराको आतङ्क नियन्त्रण गर्न प्रभावित क्षेत्रमा इमिडाक्लोप्रिड १७.८५५ एसएल नामक कीटनाशक औषधिसमेत छर्न सुरु गरिएको छ। फौजी किराले बालीनालीदेखि वनजङ्गल नै सखाप पार्न थालेपछि नियन्त्रण गर्न प्रदेश नम्बर-१ अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट आएका कृषिसँग सम्बद्ध विज्ञ टोलीले कीटनाशक औषधि उपलब्ध गराएपछि बालीनालीमा हाल्न थालिएको वडा नम्बर–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।  

विषादी वितरणसँगै तयार पारेर बालीनालीमा हाल्ने विधि सिकाएर पठाइएपछि किसान आफैंले एक एमएल विषादीमा तीन लिटर पानी घोलेर प्रभावित क्षेत्रमा छर्न थालेका छन्। लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने करीब एक इञ्च लम्बाइ भएको फौजी किराले छोटो समयमै मकै, धान, भटमास, मास, बदाम, जुनेलोलगायत खाद्यान्न बालीका बोटबिरुवा सखाप बनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बालीनालीसँगै वनजङ्लमा भएका साल, सल्ला, खिरौ, खन्यू, बाख्रीघाँस, खयरका पात तथा हरेक रुख/बिरुवाका पालुवा र कलिला मुनालाई एकैरातमा सिध्याएर उजाड बनाएको स्थानीयवासीले बताएका छन्। ताँतीकाताँती फैलिएका फौजी किराले सबै पात खाइदिएपछि बोट/बिरुवा पतझड भएका रुखजस्तो देखिएका छन्। 

बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार र राजापानीमा बढी आतङ्क देखिए पनि नगरपालिकाका ११ वटै वडामा फौजी किराको प्रकोप देखिएको नगरप्रमुख इवन राईले बताए। 'हावापानी गर्मी भएका ठाउँमा फौजी किराको आतङ्क बढी देखिएको छ,' उनले भने, 'लामो समयको खडेरीका कारण भर्खर छरेको मकैलगायत धानबालीसमेत सखाप पारेपछि कृषक चिन्तित बनेका छन्।'

शिरदेखि पुछारसम्म तीन वटा धर्का देखिने लाभ्रे आकारको किराले बाहुनीडाँडाको मैतुङ, बयक्ता, कदुवा, खर्क, कुर्ले, रुपाटार, झापालगायतका ठाउँमा बढी आतङ्क फैलाएको स्थानीयवासीले बताएका छन्। फौजी किरा नियन्त्रण गर्न डेढदेखि दुई एमएल साइपरमेट्रिन र क्लोरपाइरिपसलाई प्रतिलिटर पानीमा घोलेर किरा प्रभावित क्षेत्रमा छर्कन कृषकलाई कृषि प्राविधिकको सुझाव छ। 

Xtrem
Xtrem

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्र हलेसीका स्थानीयवासीमा यस वर्ष लामो समय लागेको खडेरी र फौजी किराको आतङ्कले खाद्यान्नको चरम अभाव हुने भएको छ। दैनिक छाक टार्न एकमात्र विकल्प रहेको खेतीपातीसमेत खडेरी र फौजी किराले सखाप पारेपछि कृषक अन्यौलमा परेका छन्। 

फौजी किराको प्रकोप खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे, सिम्पानीलगायतका ठाउँमा समेत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताए। खडेरी र फौजी किराको प्रकोपका कारण जिल्लामा यस वर्ष कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना देखिएको छ। 

सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीलाई खाद्यान्न अभाव हुन नदिन यस वर्ष हलेसी तुवाचुङ नगरपलिकाले नगरसभाबाटै रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ। खडेरीका कारण अधिकांश नगरवासीको घरमा अन्नपातको दानासमेत नभएपछि नगरवासीलाई भोकमरीबाट बचाउन राहत अनुदानअन्तर्गत बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताइन्। 

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको जनाइएको छ। लामो समयको खडेरीका कारण लेकाली भेगमा लगाइएको मकैलाई असर गर्नुका साथै बेँसी क्षेत्रमा धान रोपाइँ गर्न समस्या भएको कृषकले बताएका छन्। रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्