काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नामसारी र लालपुर्जा निर्माणमा घुस लिने खरिदार र लेखापढी व्यवसायीलाई घुससहित नियन्त्रणमा लिएको छ।
मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे पक्राउ परेका हुन्।
उनीहरुले जग्गा नामसारी र लालपूर्जा दिन सेवाग्राहीसँग घुस मागिरहेको उजुरीको आधारमा अख्तियारको बुटवल कार्यालयको टोलीले दुवैलाई पक्राउ गरेको हो।
उनीहरुले १ लाख २० हजार घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई घुस लिइरहेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुससहित नियन्त्रणमा लिएको हो।
उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।