काठमाडौं– काठमाडौं महानगरपालिका–१४ कलंकीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका १ घर भएका २३ वर्षीय रविन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
कलंकीस्थित पशुपति गेष्ट हाउसमा श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।
हाल फरार रहेका थापामगरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।