• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली भूमिमा भारतीय अतिक्रमण : दसगजा मिचेर भारतीय गेट र सिसी क्यामेराबाट निगरानी

64x64
नेपाल लाइभ शनिबार, भदौ १४, २०७६  ०६:००
1140x725

इटहरी- नेपाली सीमामा भारतीय अतिक्रमण होस् या एसएसबीको प्रवेश। खुला सिमानाका कारण तराई सीमाका बासिन्दाले यसखाले प्रताडना वर्षौंदेखि भोगिरहेका छन्। 

यसैबीच, कोसी ब्यारेज क्षेत्रमा भारत सरकारले अत्याधुनिक सिसी टिभी क्यामेरा जडान गरी निगरानी गर्न थालेको छ। जसले नेपाली भूमिको संवेदनशीलता र सुरक्षामा नै प्रश्न उब्जाएको छ।

सप्तकोसी नदीको निगरानी गर्ने भन्दै भारतीय पक्षले नेपाली सिसी क्यामेरा जडान गर्न थालेको हो। कोसी परियोजनाको भारतीय कार्यालयले सिसी क्यामेराको फुटेज हेर्ने व्यवस्था भारत विहार राज्यको वीरपुर नगरस्थित कोसी परियोजनाको भवनमा गरिएको छ। परियोजनाले ब्यारेज आसपासको क्षेत्रमा ७२ ओटा सिसी क्यामेरा राखेको छ। 

कोसी ब्यारेज क्षेत्रमा २०१९ अगस्ट २० अर्थात् यसै महिनाको सुरुदेखि वीरपुरको कन्ट्रोल रुमबाट निरीक्षण गर्न थालिएको हो।  भारतले सुनसरीको कोसी गाउँपालिका-८ र सप्तरी हनुमाननगर इलाकाको प्रत्यक्ष रूपमा निगरानी सुरु गरेको छ। कोसी ब्यारेजका ५६ वटै ढोका, पूर्वी नहर तथा आसपासका स्थानहरूमा गुप्तचरको काम गर्ने गरी अत्याधुनिक सिसी क्यामेरा जडान गरिएका छन्।

कोसी ब्यारेजका एक इन्जिनियरका अनुसार ४ महिनादेखि नेपाली भूमिको निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको हो। नाम नबताउने सर्तमा उनले भने, ‘बेलाबेलामा कोसी ब्यारेजमा बम हान्ने विषय नेपाली मिडियामा आएपछि भारतीय पक्षले क्यामेरा राखेको हो। भारतीय पक्षले नेपाली सुरक्षाको संयन्त्रको त्यति विश्वास नगरेको कारण सिसी क्यामेरा राखेको बताएको छ।’ 

कोसी परियोजनामा केही काम गर्दा सोको जानकारी नेपाल सरकार अन्तर्गतको भू-आर्जन कार्यालयलाई जानकारी गराउनुपर्ने हुन्छ। तर, सिसिटिभी राख्दासमेत कार्यालयलाई जानकारी गराइएको छैन। यस विषयमा भू-आर्जन कार्यालय नै बेखबर छ। 

'कोसी प्रोजेक्टमा हुने कामको जानकारी गराउनुपर्ने हो, तर भारतले लगाएको सिसिटिभी सम्बन्धी आधिकारिक जानकारी अझैसम्म आएको छैन,' भू–आर्जन अधिकृत सन्तोष चेम्जोङले भने। हामीले यसबारे जिज्ञासा राखेपछि मात्रै उनले यस विषयमा थप जानकारी लिएर खबरदारी गर्ने  चासो देखाए।

Ncell 2
Ncell 2
nimb
nimb

सिसी क्यामरा राखेको बारेमा सुनसरीको स्थानीय प्रशासन र सुरक्षा निकायलाई पनि हालसम्म आधिकारिक जानकारी छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार अहिलेसम्म भारतीय पक्षबाट आधिकारिक जानकारी आएको छैन। 

'मैले भर्खरै मात्र सुनसरीमा पदबहाली गरेको हुँ,' प्रजिअ राउतले भने, 'पहिले नै सहमति गराएर सिसी क्यामेरा लगाएको हुन सक्छ।'

नेपाली भूमिमा ‘भारत में आपका स्वागत है’
सिसी क्यामेराबाट निगरानी गर्ने मात्र होइन नेपाली भूभागमा भारतले प्रवेशद्वार गेटसमेत निर्माण गरेको छ। चार महिनाअघि मात्र भारतले सशस्त्र प्रहरीको चेकपोस्टबाट करिब एक सय मिटरको दुरीमा गेट बनाएको हो। स्वागतद्वारको बोर्डमा ‘भारतमे आपका स्वागत है’ भनेर लेखिएको छ।

पूर्वी नेपालको जोगबनी, काँकडभिट्टापछि बढी सामान आउने छोटी भन्सार हो, भन्टाबारी नाका। नेपाल-भारतमैत्री पोखरीमा बाँध बनाएर दुवै देशको आधिकारिक स्थलसम्बन्ध जोडिएको छ। नेपाली सशस्त्र प्रहरीको उपस्थिति बाक्लै भएको अवस्थामा पनि भारतीय पक्षले बल मिच्याइँ गरी दसगजा मिचेर स्वागत गेट बनाएको हो।

Xtrem

Xtrem

दसगजा नै मिचेर भारतले स्थल शुल्क कार्यालयको क्षेत्राधिकार पनि गेटसम्मै भएको बताउँदै आएको छ। भारतीय स्वागतद्वार निर्माण भइसकेपछि पनि नेपाल र भारतका अधिकारीबीच धेरैपटक भेटघाट र वार्ता भइसकेको छ। तर भारतले बनाएको स्वागतद्वार र सिसी क्यामेराको विषयमा कतै छलफल हुन सकेको छैन। 

नेपाली भूभागमा भारतीय पक्षबाट फोहोर थुपार्ने काम पनि भइरहेको स्थानीय बताउँछन्। नेपाली भूमि वीरपुर नगरपञ्चायतको फोहर फाल्ने डम्पिङ साइट भएको छ। सीमापारिबाट बनेको खुनियाधार खोलाको छेउमा भारतीय नागरिकले नेपालतिरै फोहोर फाल्ने गरेका छन्। सशस्त्र प्रहरीको सुरक्षा चौकी र भन्सारको युनिटअगाडि नै भारतीय पक्षले डम्पिङ साइट बनाएको छ। हावा चल्दा कार्यालयसम्मै दुर्गन्ध फैलिने गरेको छ।

नेपाली प्रशासनको बेवास्ता
नेपाली पक्षको निरीहपनको फाइदा उठाउँदै भारतीय पक्षले नेपाली भूमिमाथि वर्षौंदेखि अतिक्रमण बढाइरहेको छ। तर, स्थानीय प्रशासन अधिकारीहरुले यसको संवेदनशीलता नबुझ्दा सीमावर्ती क्षेत्रमा भारतको हस्तक्षेप बढ्दो छ।

सीमा क्षेत्रको दसगजाभित्र दुवै मुलुकले संरचना बनाउन पाउँदैनन्। अन्तर्राष्ट्रिय नियम र दुई देशबीचको सहमतिविपरीत भारतीय पक्षले गेट बनाए पनि यो हटाउन नेपाली पक्षबाट कुनै पहल कदमी भएको देखिन्न। 

कोसी सम्झौता अनुसार कोसी क्षेत्रमा भौतिक संरचना निर्माण गर्न अधिकार भारतीय पक्षले पाएको छ। भारतले बनाएको संरचनाको सम्पूर्ण अनुगमनको जिम्मा नेपाल सरकारको हो। तर, भारतीय पक्षले अनुगमन गर्दै गरेको कामको जानकारी पनि नेपाल सरकारलाई छैन। न त नेपाल पक्षले अनुगमन गर्ने गर्छ न त जानकारी राख्ने र माग्ने गरेको छ। कतिपय मौकामा सामान्य कामको जानकारीसमेत नदिने भारतीय पक्षले हालै नेपाली सीमाभित्र डिजिटल अनुगमन गर्ने काम सुरु गरेको हो। 

कोसी परियोजनाको मुख्य कार्यालय कोसी ब्यारेजदेखि ११ किलोमिटर पूर्वतर्फ नेपाल-भारत सीमा क्षेत्रमा रहेको वीरपुरमा पर्छ। वीरपुर आसपासको क्षेत्र सुपौल जिल्लाको सदरमुकाम हो। जहाँ भारत सरकारको सैन्य, अर्ध सैन्य फौजको हेडक्वार्टर, स्थानीय प्रशासन, राज्य प्रहरी, विमानस्थल, अदालत लगायतका निकायहरू छन्। 

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीका अनुसार सम्झौता र सहमति वा जानकारीबिना विदेशी राष्ट्रले काम गर्न पाउँदैन। 

'यस्ता गम्भीर विषयमा स्थानीय अधिकारीलाई जानकारी नहुनु आश्चर्य हो,' उनले भने। 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्