• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हर गोधूलि साँझ बेपत्ताको सम्झना लिएर आउँछ

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०७६  ०६:०५
1140x725

रोल्पा- रोल्पा नगरपालिका-१०, धवाङकी तुला वली अहिले ३५ वर्षकी भइन्। १८ वर्षकै उमेरमा डोरबहादुर वलीसँग उनले मागी विवाह गरेकी थिइन्। विवाह गरेको १ वर्षपछि छोरी जन्मिइन्।

तुलाको जीवन संघर्ष केलाउँदै अझै अगाडि जाने हो भने ११ वर्षको छँदा उनले आमा गुमाइन्। बाल्यकालमै आमाको काख गुमाएकी तुलाले साथीहरुसँगै स्कुल जाने अवसर पनि गुमाइन्। आमाको मृत्युसँगै घरव्यवहार चलाउने, भाइबहिनीलाई हुर्काउने, पढाउने जिम्मेवारीमै समय खर्चिएकी उनले भनिन्, 'रहर त लाग्थ्यो नि!'

अभाव र जिम्मेवारीले उनलाई विवाहपछि छोडेन। २०६० साल भदौ २९ गतेको रात उनको जीवनका लागि कालो रात सावित भयो। उनले सदाका लागि श्रीमानको साथ गुमाइन्।

बितेको एक दशकका हरेक साँझ बेपत्ताका परिवारका लागि आसैआसका साँझ बने। दिनभर खेतीकिसानी गर्‍यो, बेलुका घरभित्र पस्नुअघि गोधूलिमा टोलाउँदै आफ्ना बेपत्ता भएका आफन्त आउने बाटो हेर्दै भित्र पस्यो।

आडमै सुतिरहेका श्रीमान्‌लाई तत्कालीन नेकपा (माओवादी) को एक समूहले एकैछिन काम छ भन्दै लिएर गए। पछि थाहा भयो उनलाई अपरहण गरिएको रहेछ। श्रीमान् अपहरणमा पर्दा छोरी २ वर्षकी थिइन्। बाबालाई चिन्न सक्ने भइसकेकी छोरीले अर्को बिहान उठेर बाबा पुकारेको तुलालाई अझै सम्झना छ। तर, ती अबोध बालिकालाई के थाहा उनको पुकार सुनेर बाबा फर्किँदैनन् भनेर।

'श्रीमान् फर्किनुहुन्छ कि भन्ने अझैसम्म आशा लाग्छ,' टाउको केही निहुराउँदै उनले भनिन्, 'दिनहुँजसो सम्झना आइरहन्छ। त्यसमाथि दसैंतिहार जस्ता चाडपर्वमा त उहाँ आउनुहुन्छ कि झैं लागेर बाटोतर्फ हेर्दै टोलाएर बसिरहन्छु।'

केही समयपछि श्रीमान्‌को हत्या भएको जानकारी मिल्यो। तर, तुलाको छातीमा गढेको श्रीमान्‌को सम्झना छुट्नेवाला थिएन। श्रीमान्‌कै सम्झनामा दिन बिताएको १६ वर्ष भइसक्यो उनले।

'बुवा नेपाली कांग्रेसका सामान्य कार्यकर्ता भए पनि मेरो श्रीमानलाई त राजनीतिप्रति कुनै चासो थिएन,' बितेको समयलाई उनले स्मरण गर्दै भनिन्, 'घरमै बसेर खेतीकिसानी गर्नु हुन्थ्यो। बुवाले राखेको फरक राजनीतिक आस्था नै मेरो श्रीमान्‌को हत्याको कारक बन्न पुग्यो।'

Ncell 2
Ncell 2
nimb
nimb

000

रोल्पा नगरपालिका-१, हरिगातिनाकी गोठी थापा सुत्केरी भएको १ महिना पनि पुगेको थिएन। २०५८ साल चैत्र २० गते साँझ तत्कालीन शाही नेपाली सेनाको एक हुल उनको घर पस्यो।

सुत्केरी स्याहारमा रहेका श्रीमान् हर्कलाललाई एकछिन काम छ भन्दै लगियो। जंगलको बाटो हुँदै गाउँका अन्य ४/५ जनालाई लिएर सदरमुकामतर्फ गएको देखेकी उनले श्रीमान् फर्किएको भने देख्न पाएकी छैनन्। त्यसयताका प्रत्येक दिन होस् या साँझ श्रीमान्‌कै सम्झनामा बित्ने गर्छन्।

हर्कलाललाई सेनाले कहाँ लग्यो गोठीको परिवारलाई अहिलेसम्म केही अत्तोपत्तो छैन।

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो तर उनीहरुका आफन्त भने मरे कि ज्यूँदै छन् भने उनीहरुलाई अहिलेसम्म थाहा छैन।

'अहिले छोरी क्याम्पस पढ्ने भइसकिन्,' उनले भनिन्, 'सेनाले हर्कको श्वास छ या छैन, केही भनेको छैन। कम्तीमा हामीलाई जानकारी दिए त हुन्थ्यो।'

000

सोही गाउँकै प्रतिभा थापाका श्रीमान् ढाँटे थापालाई पनि हर्कलाई जसरी नै नेपाली सेनाको टोलीले घरबाटै लिएर गएको हो।

ढाँटेलाई सेनाले लग्दा उनीहरु बीच विवाह भएको २ वर्ष पनि पुगेको थिएन। साँझपख घरकै काममा व्यस्त रहेका बेला उनलाई सोधपुछ गर्नुछ भन्दै सेनाले उनलाई जंगलको बाटो हुँदै लिवाङतर्फ लगेको थियो।

त्यो बेला सेनाले सोधपुछपछि त पक्कै छोड्छ होला भन्ने लागेको थियो प्रतिभालाई। उनी नाबालक छोराको मुख हेरेर श्रीमान् फर्किने बाटो हेरे बसिन्। 'उनी एक दिन त अवश्य फर्केलान् नि भन्ने आश थियो,' केही गम्भीर देखिएकी उनले थपिन्, 'आसैआसमा वर्षौं बतिगए, तर उनी अझै फर्किएनन्।'

सशस्त्र युद्धताका राज्य पक्ष र विद्रोहीवाट बेपत्ता पारिएकाहरुका आफन्तजनका प्रतिनिधि पात्र हुन् यी। सशस्त्र विद्रोह शान्ति प्रक्रियामा रुपान्तरण भएको दशक बढी भइसक्यो।

बितेको एक दशकका हरेक साँझ बेपत्ताका परिवारका लागि आसैआसका साँझ बने। दिनभर खेतीकिसानी गर्‍यो, बेलुका घरभित्र पस्नुअघि गोधूलिमा टोलाउँदै आफ्ना बेपत्ता भएका आफन्त आउने बाटो हेर्दै भित्र पस्यो। यस क्षेत्रमा बेपत्ता परिवारको दैनिकी जस्तै बनेका छन्, यस्ता क्रियाकलाप।

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो तर उनीहरुका आफन्त भने मरे कि ज्यूँदै छन् भने उनीहरुलाई अहिलेसम्म थाहा छैन।

राज्यसँग छैन यकिन तथ्यांक
जिल्लामा बेपत्ताको संख्या कति छ भन्ने राज्यसँग यकिन तथ्यांक छैन।

स्थानीय शान्ति समितिको अभिलेखअनुसार जिल्लामा ३३ जना बेपत्ताको सूचीमा छन्। राज्य पक्षबाट बेपत्ता पारिएका २७ र विद्रोही पक्षबाट बेपत्ता पारिएका ६ गरी ३२ जनाको अवस्था अझै अज्ञात रहेको शान्ति समितिको तथ्यांकले देखाउछ। यसरी बेपत्ता हुनेमध्ये ५ जना महिला र २७ जना पुरुष छन्।

स्थानीय शान्ति समितिको विवरणअनुसार यसरी बेपत्ता हुनेहरु मध्ये अधिकांश घर बाहिर गएको बेला बेपत्ता भएका कारण पनि घटनाको विस्तृत विवरणबारे परिवारसमेत अनभिज्ञ छन्।

बेपत्तामध्ये कसैलाई औषधिउपचार गर्दागर्दै अस्पतालबाटै त कसैलाई इँटाभट्टामा मजदुरी गर्दागर्दै बेपत्ता पारिएको थियो। रोल्पा कोर्चवाङकी २२ वर्षिया भद्रमाली विकलाई २०६० असोज १८ गते नेपाली सेनाले चितवन मेडिकल कलेजमा उपचाररत रहँदा बेपत्ता बनाएको थियो।

यसैगरी रोल्पाको सुलिचौर औषधि किन्न गएका खुमेलका २३ वर्षीय मनिराम रोकालाई २०५६ भाद्र ९ गते राज्य पक्षले बेपत्ता पारेको थियो। घरमा बसिरहेका रोल्पा कोटगाउँका ६४ वर्षीय लाटा दमाईलाई तत्कालीन विद्रोही नेकपा (माओवादी) पक्षले २०५९ साल जेष्ठ ५ गते बेपत्ता बनाएको थियो।

स्थानीय शान्ति समितिको विवरणअनुसार यसरी बेपत्ता हुनेहरु मध्ये अधिकांश घर बाहिर गएको बेला बेपत्ता भएका कारण पनि घटनाको विस्तृत विवरणबारे परिवारसमेत अनभिज्ञ छन्।

यता आइसिआरसीकोे अभिलेखअनुसार रोल्पा जिल्लामा ६७ जना बेपत्ता भएका थिए। जसमध्ये २ जना घर फर्किसकेका भनिएको छ। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको छानबिन आयोगले पछिल्लो पटक मागेको निवेदनमा १ सय १९ जनाले आफ्ना आफन्त बेपत्ता भएको भन्दै उजुरी दिएका छन्।

'आफ्ना मान्छे आउँछन् भन्दै दिनहुँ प्रतिक्षामा हुन्छौं,' गोठी थापाले भनिन्, 'मृत्यु भएकाहरुको परिवार त आफ्ना मान्छे सदाका लागि गुमाइसकेकोमा ढुक्क छन् तर बेपत्ताहरुको न लास न श्वासको अवस्था हुँदा पीडा हुँदो रहेछ।'

रोल्पा नगरपालिका-१, हरिगतातिनामा हर्कलाल थापा, ढाँटे थापा र कविराम खत्रीलाई नेपाली सेनाले एकै दिन गिरप्तार गरी बेपत्ता बनाएको हो। उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ।

सामूहिक गिरप्तारीपछि बेपत्ता भएकाका परिवार आफ्ना मान्छे फर्किने आशैआशमा बाँचिरहेका छन्। 'आफ्ना मान्छे आउँछन् भन्दै दिनहुँ प्रतिक्षामा हुन्छौं,' गोठी थापाले भनिन्, 'मृत्यु भएकाहरुको परिवार त आफ्ना मान्छे सदाका लागि गुमाइसकेकोमा ढुक्क छन् तर बेपत्ताहरुको न लास न श्वासको अवस्था हुँदा पीडा हुँदो रहेछ।'

सैद्धान्तिक रुपमा बेपत्ताहरुको अवस्था के छ भन्ने पत्ता नलागे पनि व्यवहारिक रुपमा अधिकांश परिवारजन मृत्यु भएकोमा विश्वस्त भइसकेका जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा बताउँछन्।

तत्कालीन नेकपा (माओवादी) को सेनाका कमाण्डरसमेत रहेका बुढाले परिवर्तनमा ठूलो भूमिका खेलेका बेपत्ताहरुको स्थीति सार्वजनिक गर्न सरकारसँग माग गरे। 'बेपत्ता आफन्तको स्थितिको बारेमा सत्यतथ्य थाहा नपाएर लामो समय आफन्तजन तड्पिरहेकाले यसको यथाशीघ्र निकास दिनुपर्छ,' बुढाले भने।

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न गठन गरिएका आयोगले समेत काम नगर्नु दुःखद पक्ष भएको स्थानीय शान्ति समिति रोल्पाका पूर्वसंयोजक खिमबहादुर कुँवरको भनाइ छ। बेपत्ता पारिएकाहरुको परिवारलाई न्याय दिन पनि आयोगले छिटोछरितो काम गर्न सक्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्