• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

किशोर-किशोरीको सचेतताका लागि सुरु ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा पनि

64x64
नेपाल लाइभ बिहीबार, भदौ १२, २०७६  ०८:२८
1140x725

-रवीन्द्र काफ्ले/रासस

पाँचथर- किशोर-किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश १ मा सुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत सुरु भएको छ।

लागुऔषध दुर्व्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम सुरु भएको हो।

पाँचथरमा बुधबार जिल्लाका ९४ सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई कार्यक्रम सञ्चालनबारे अभिमुखीकरण गर्दै कार्यक्रम सुरुवात गरिएको कार्यक्रमका पाँचथर संयोजक श्रीप्रसाद माङयुङले जानकारी दिए।

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरु गरेको यो कार्यक्रमले जिल्लाका ९४ माध्यमिक विद्यालयका सामाजिक विषयमा शिक्षकहरुलाई ‘शिक्षक नायक’को रूपमा छनोट गरेर अभिमुखीकरण सम्पन्न गरेको छ। जिल्लाका ८२ सामुदायिक र ११ संस्थागत माध्यमिक विद्यालयका शिक्षक नायकहरुलाई भेला गरी कार्यक्रम सञ्चालनबारे जानकारी गराइएको हो। अब विद्यालयमा शिक्षक नायकको पहलमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरी उद्देश्यअनुरूप काम अघि बढ्ने भएको कार्यक्रमका प्रदेश संयोजक नवराज राईले जानकारी दिए।

१३ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो। प्रदेश १ का १४ वटै जिल्लामा सञ्चालन हुने कार्यक्रमले करीब दुई हजार विद्यालयका दुई लाख बढी विद्यार्थीलाई समेट्ने लक्ष्य लिइएको कार्यक्रम संयोजक राईले बताए। कक्षा ९ देखि १२ सम्म अध्ययनरत करीब दुई लाख विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सभ्य, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामूलक समाज निर्माणमा सहयोगी बनाउन मद्दत पुग्ने विश्वास लिइएको राईको भनाइ छ।

सञ्चालन हुने गतिविधिहरु
कार्यक्रमअन्तर्गत लागुऔषधका विषयमा सचेतनामूलक कक्षा सञ्चालन गर्ने, किशोर–किशोरीलाई सार्वजनिक क्षेत्र, मठमन्दिर एवं देवालय, प्राचीन क्षेत्रलगायतमा सरसफाइ, ट्राफिक सचेतनाजस्ता कार्यक्रममा संलग्न गराइनेछ।

यस्तै पेशाकर्मीहरुको रोस्टर बनाई किशोर-किशोरीलाई उज्ज्वल भविष्य निर्माणसम्बन्धी उत्प्रेरणा कक्षामा सहभागी गराइनेछ। विपद्का बेला अपनाउनुपर्ने पूर्वतयारी एवं विपद्पछिको अवस्थाका विषयमा सैद्धान्तिक एवं व्यवहारिक ज्ञानसमेत प्रदान गरिने कार्यक्रम संयोजक राईले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रलाई जुनसुकै बेला सहयोग गर्न तत्पर स्वयंसेवीको भावना जागृत गराउने सामाजिक क्रियाकलाप सञ्चालन गर्ने, चेतनामूलक कार्यक्रम उत्पादन गरी सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण गरिने कार्यक्रम संयोजक राईले जानकारी दिए।

कार्यक्रम कार्यान्वयनको संरचना
कार्यक्रमलाई प्रभावकारी एवं वृहत् बनाउन प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, जिल्लामा सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख सम्मिलित सल्लाहकार समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति गठन भएको छ।

स्थानीय तहमा स्थानीय तहका प्रमुखको संयोजकत्वमा १८ सदस्यीय समन्वय समिति, प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन समिति र ती विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीमध्येबाट १५ सदस्यीय सगरमाथा टिन्स क्लब गठन गरिनेछ। यो क्लबले कार्यक्रम कार्यान्वयन समितिको मार्गनिर्देशनअनुसार काम गर्नेछ।

सरोकारवालाहरुद्वारा कार्यक्रमको स्वागत
पाँचथरमा आपराधिक घटना बढिरहेको र लागुपदार्थको दुर्व्यसनमा फस्नेको सङ्ख्या बढिरहेको अवस्थामा यो कार्यक्रम सञ्चालन हुन लागेको भन्दै सरोकारवालाले कार्यक्रमको स्वागत गरेका छन्।

Xtrem

Xtrem

'सामाजिक समस्या क्रमशः बढिरहेका छन्, अपराध, दुर्व्यसन र इन्टरनेटको दुरुपयोगले समस्या निम्तिने क्रम बढ्दो छ,' जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले भने, 'आजसम्म यी समस्या सरकारले समाधान गरिदेला भनेर सबै आनन्द बसेका थियौँ, अब यो कार्यक्रमले सबैलाई जिम्मेवार बनाएको छ।' समस्या समाधानका लागि कार्यक्रम अत्यावश्यक रहेको बताउँदै सापकाटोले स्वागत गरे।

वैदेशिक रोजगारीका कारण विभिन्न समस्या सिर्जना भइरहेको र स्थानीय तह शिक्षा क्षेत्रको सुधार एवं सामाजिक समस्या समाधानमा सवल बन्न नसकेको अवस्थामा यो कार्यक्रमले ठूलो महत्व रहेको सापकोटाको भनाइ छ। जिसस प्रमुख सापकोटाले समाजलाई सकारात्मक मार्गमा अघि बढाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमको जिल्लास्तरीय अनुगमन समितिका संयोजक मुरारी वस्तीले पाँचथरमा अपराधका घटना हेर्दा मानवीय मूल्य र मान्यतामै ह्रास आएको अनुभूति भएको अवस्थामा यो कार्यक्रम सञ्चालन हुनु सुखद् रहेको धारणा राखे।

प्रजिअ वस्तीले जिल्लामा दुर्व्यसनीका अतिरिक्त अत्यधिक मदिराको सेवनले हत्या, हिंसा र जबर्जस्ती करणी मुख्य अपराधको रूपमा विकास भएकाले यसलाई न्यून गर्न विद्यार्थीमार्फत समाजमा सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरे। हरेक कुरामा नकारात्मक दृष्टिकोण राख्ने बानीको विकास भइरहेको बताउँदै प्रजिअ वस्तीले सकारात्मक चिन्तन, सामाजिक भावना, राष्ट्रप्रतिको प्रेम विकासमा विद्यार्थीलाई अभिप्रेरित गर्न भरमग्दूर प्रयत्न गर्न शिक्षकहरुलाई आग्रह गरे।

परिवारमै विश्वासको सङ्कट पैदा भइरहेको सन्दर्भमा प्रेम र स्नेह वृद्धिको सन्देश समाजसम्म पुर्‍याउन शिक्षकहरुले ‘नायक’को भूमिका खेल्नुपर्ने प्रजिअ वस्तीको धारणा छ। (फाइल तस्बिर- म अघि बढ्छुको फेसबुक पेज)

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्