कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका ४ ‘घ’ गाउँमा बुधबार बिहान खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
आगलागीमा परी गम्भीर घाइते भएकी शान्ति पौडेलको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक किशना नन्द भट्टले बताए।
आगलागीमा परेर घाइते भएका मृतकका श्रीमान् नेत्रप्रसाद पौडेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ।
पुनर्वास नगरपालिका ६ का धनबहादुर थापाको पोलिक्लिनिक धनगढीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार नेत्रप्रसादका दुवै खुट्टा जलेको र थापाको खुट्टामा सामान्य चोट लागेको छ।
भान्सामा खानापकाउने ग्यासको पाइप चुहावट भई आगलागीमा परेकी शान्तालाई जोगाउने क्रममा नेत्रप्रसाद र धनबहादुर घाइते भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।