धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले भदौ १५ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ।
भदौ १५ गते अट्वारी पर्वका लागि प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।
साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले अट्वारीमा बिदा दिने निर्णय गरिसके पनि बुधबार मात्रै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो।
पश्चिम नेपालका थारू समुदायले आट्वारी पर्व मनाउने गरेका छन्।
शनिबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र भोलिपल्ट बिहान भात पकाएर भात९तरकारी पनि देउतालाई चढाइसकेपछि खाने चलन यो पर्वमा छ।
रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालई चढाएर दिदीबहिनीका लागि ’अग्रासन’ (दिदीबहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने परम्परा रहेको छ।
आफ्ना दिदीबहिनीका घरमा पुगेर अट्वारी पर्व सकिन्छ।
यसबाट दाजुभाइ तथा दिदी बहिनीका बीचमा स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।