• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘हिरो त म 'बाइ-मिस्टेक' भएको हो, मेरो प्रोजेक्टको हिरो चाहिँ स्क्रिप्ट हो’

64x64
नेपाल लाइभ बुधबार, भदौ ११, २०७६  १९:३८
1140x725

फिल्मी क्षेत्रमा दीपकराज गिरीका अनेक परिचय छन्। आफै फिल्म बनाउँछन्, त्यसैले पहिलो परिचय निर्माता हुन्। आफ्नो फिल्मको पटकथा आफै लेख्छन्, त्यसैले लेखक हुन्। आफ्नो पटकथामाथि बनेको फिल्ममा आफै प्रमुख भूमिकामा अभिनय गर्छन्, त्यसैले अभिनेता पनि हुन्। 

अहिले फिल्म क्षेत्रमा दीपक र उनको फिल्म निर्माण समुूह एउटा यस्तो अपवाद देखिएको छ, जसको फिल्मले लगातार बक्सअफिसमा जादु गरिरहेको छ। उनीहरूको फिल्म ‘६क्कापन्जा’ले १६ करोडको व्यापार गरेर इतिहास कायम गरेको छ। यसका सिरिज लगातार हिट भएपछि अहिले फिल्मवृत्तमा यो समूहको ‘मार्केट भ्यालु’ पनि बढेको छ। 

गत सोमबार पटकथा लेखन कार्यशालाको छैठौं दिन सहभागीसँग आफ्ना अनुभव बाँढ्न मकवानपुरको चित्लाङ आइपुगेको थियो, ‘६क्कापन्जा’ टोली। टोलीमा थिए, दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’। 

दीपकलाई सोधियो- ‘आफ्नो फिल्मको स्क्रिप्ट आफै लेख्नुको मुख्य कारण के हो?’ 

जवाफमा उनले भने, ‘सुन्दा नरमाइलो लाग्ला तर मलाई कसैसँग पनि विश्वास छैन, त्यसैले। मैले भन्न खोजेको कुरालाई म जसरी अरुले पूर्णतः समय दिएर पूरा समर्पणका साथ काम गरिदिएला भन्नेमा विश्वास लाग्दैन। किनभने हाम्रो इन्डस्ट्रीको मुख्य समस्या नै स्क्रिप्ट राइटर हो।’ 

‘कतै आफ्नो क्यारेक्टर ओझेलमा पर्ने डरले त होइन?’ प्रतिप्रश्न तेर्सियो। 

जवाफमा उनले यो आरोप स्वीकारेनन्। भने, ‘फिल्ममा मैले मेन रोल गरेपनि सहायक पात्रहरूको अभिनयले नै दर्शकको मन जितिरहेको हुन्छ। जस्तो कि, ‘६क्कापन्जा’ सिरिजमा माग्ने बुढा दर्शकका लागि 'अल टाइम फेभरेट' हो। यति भन्दाभन्दै म के भन्न पनि छोड्दिनँ भने फिल्ममा मेरो रोल कमजोर छ, मेरो क्यारेक्टरको उपस्थिति बलियो छैन भने म त्यो फिल्म तुरुन्तै रिजेक्ट गरिहाल्छु। मलाई फिल्ममा मेरो क्यारेक्टर हुनुको अर्थ त चाहिन्छ, चाहिन्छ।’ 

फिल्म क्षेत्रमा दीपक-दीपाको फिल्मले सिनेमा हलबाट राम्रो पैसा उठाए पनि समीक्षकको नजरमा कहिल्यै राम्रो समीक्षा पाउन सकेको छैन। उनीहरूको फिल्ममाथि कलाभन्दा बढी पैसालाई महत्व दिने गरेको आरोप पनि लाग्ने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सँगसँगै दीपकमाथि अर्को आरोप पनि छ, आलोचना सुन्न नरुचाउने र तत्काल 'रि-एक्ट' गरिहाल्ने। तर, अचेल दीपक यो मामिलामा सचेत देखिन्छन्। स्क्रिप्ट सिक्ने सहभागी प्रशिक्षार्थीका अगाडि उनी भनिरहेका थिए, ‘हो, मलाई यसले आर्टलाई कम महत्व दिन्छ, पैसा कमाउने ध्याउन्नले मात्रै फिल्म बनाउँछ भनेर आलोचना गर्ने वर्ग पनि छ। तर, म उनीहरुको टिप्पणीको पनि सम्मान गर्छु किनभने उनीहरुको त्यस्तो आलोचनाले मलाई कतै न कतै  सुधार्ने मौका दिएकै छ, गम्भीर बनाउँदै लगिरहेकै छ।’

पालो आयो, दर्शकदीर्घा अघिल्तिर स्टेजमा दीपकको छेउमै बसेका हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढो’को। कार्यशाला स्क्रिप्ट केन्द्रित थियो। 

त्यसैले उनले सुरुमै भने, ‘हामीकहाँ धेरैले भन्ने गर्छन्, ‘ह्या, कसले हेर्छ यो नेपाली चलचित्र, पैसाको सत्यनास।’

Xtrem

Xtrem

नेपालीको मुखबाट यस्ता वाक्य फुत्किनुको मुख्यको कारण उनका लागि स्क्रिप्ट नै हो। भन्दै थिए, ‘यो स्क्रिप्टकै अनिकालको परिणाम हो। फिल्मको मेरुदन्ड नै बलियो नभएपछि फिल्म कसरी राम्रो हुन्छ? फिल्म राम्रो नभएपछि नेपाली फिल्मप्रति वितृष्णा जाग्नु स्वभाविक हो। त्यसपछि विदेशी फिल्मको प्रभाव बढ्नु पनि स्वाभाविक हो।’ 

त्यसपछि उनलाई सोधियो अर्को प्रश्न- ‘दीपकराज फिल्मको हिरो हुँदा कहिलेकाँही म पनि हुनसक्छु भन्ने लागेन?’ 

प्रश्न सुनेर उनी थोरै मुस्कुराए। अनि, सानो स्वर पार्दै बोले, ‘अँ, कहिलेकाँही सपना म पनि देख्छु। त्यतिबेला म ‘हिरो भा’को’ हुन्छु, अनि दीपक दाई चाहिँ फुच्चे।’

खासगरी केदार, दीपक, जितु नेपालहरु कुनै बेला प्रतिष्पर्धी थिए। सबैका आ–आफ्नै हास्य टेलिसिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुन्थे। केदारको ‘मेरी बास्सै’, दीपकको ‘तितोसत्य’ र जितुको ‘जिरे खुर्सानी’। 

‘दीपक दाईले हामी सबै मिलेर अघि बढ्दा केही राम्रो गर्न सकिन्छ कि भनेर प्रस्ताव राखेपछि हामी सहकार्य गरेर अघि बढेका हौं,’ केदारले सुनाए। 

अबमात्रै उनी आफू हिरो हुन नसक्नुको कारण बताउन थाले। ‘हामीमध्ये अलिकति ह्यान्डसम उहाँ नै देखिनुहुन्छ क्या!,’ दीपकतिर औँल्याउँदै उनले ठट्यौली शैलीमा भने, ‘त्यसैले कहिलेकाँही हामी उहाँलाई जिस्काउने पनि गर्छौं। तपाईं हिरो भएको हामीलाई राखेर हो। छेउमा जितु दाई र म उभिदिन्छौं। अनि दाई अग्लो, अलि ज्यान परेको देखिनुहुन्छ, त्यसैले हिरो। अनमोल केसीलाई राखेको भए त पक्कै ठूलो बाजस्तो देखिनुहुन्थ्यो।’ 

छेउमा रहेका दीपक-केदारको गफ सुनेर मस्त हाँसे। प्रश्न पनि उनीतिरै सोझियो, ‘तपाईं हिरो या कमेडियन मात्रै?’

समयअनुसार हिरोको परिभाषा बदलिँदैछ। हिजो सिनेमाको हिरो बन्न मिलेको जिउँडाल र चकलेटी अनुहार खोज्नेहरुले आज दयाहाङ राई, दीपकराज गिरीहरुलाई हिरो स्वीकार्न थालिसके। 

‘हिरोमाथि मेरो आफ्नै परिभाषा छ,’ दीपक भन्दै थिए, ‘मेरो प्रोजेक्टको हिरो मेरो स्क्रिप्ट हो। र, मलाई के विश्वास छ भने त्यो स्क्रिप्टमा दीपकराज गिरी नखेलेपनि त्यो फिल्म हिट हुन्छ। म त्यस्तो भयंकर एक्टर होइन। तर, म कामचलाउ एक्टरलाई पनि ‘यो केही हो कि क्या हो’ बनाको चाहिँ स्क्रिप्टले नै हो। मलाई के लाग्छ भने स्क्रिप्ट नै झुर छ भने त्यो फिल्मलाई अमिताभ बच्चनले पनि पार लाउन सक्दैन।’ 

उनी फिल्ममा आफ्नै कथ्य शैली हुनुपर्नेमा जोड दिइरहेका थिए। हलिउडको कथा संरचनालाई पछ्याउनुपर्छ भन्ने कतिपयको अनुरोधलाई उनी नमान्ने बताइरहेका थिए। ‘म मेरो कथा मेरो आफ्नै शैलीमा भन्न रुचाउँछु,’ उनी भनिरहेका थिए, ‘पब्लिक मेरै शैली रुचाइराछ, मेरै शैलीलाई पाँच पटक हेरिराछ भने म किन अरुको पछ्याउनु?’ 

बजारमा उनको फिल्मलाई ‘हावा’ भन्नेहरूप्रति भने उनको ठूलो आक्रोश देखियो। ‘मैले ६ वटा फिल्म बनाएर ब्याक टु ब्याक हिट भइरहेको छ तैपनि यहाँ हावामा हिट भइरहेका छ भन्छन्,’ उनी आक्रोशित भावमा गुनासो गर्दै थिए, ‘६–६ पल्ट पनि फिल्म हावामा हिट हुन्छ? ए, बाबा कम्तीमा दर्शकले स्वीकार गरेको कुरा त मान्दिनुस् न।’

‘ल यो सब कुरा त ठिकै छ, अब भन्दिनुस्, तपाई हिरोचाँही ‘हो कि होइन?’’ 

‘हिरो त म बाइ-मिस्टेक भएको हो,’ जवाफमा उनले भने, ‘स्क्रिप्टले बनाएको हिरो हो म। त्यसैले मुस्किलले यो बुढेसकालमा जिउ घटाइराछु। पहिले स्वादले खान पाइन्थ्यो, अहिले धेरै बारेर खानुपर्छ। साँच्चै फिल्मको हिरो बन्न गाह्रो छ।’ 

दीपक र केदारसँगै स्टेजमा थिइन्, ‘६क्कापन्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला। ‘६क्कापन्जा’ सिरिजपछि समीक्षक र केही महिला लेखकहरूले उनको फिल्ममाथि लगाएको आरोप थियो, ‘महिलाले नै बनाएको महिलामाथि मजाक उडाइएको फिल्म।’ 

यही प्रश्न उनीमाथि यो बहसमा पनि तेर्सियो। ‘त्यो त सब भन्ने कुरा न हुन्,’ उनले मुस्कुराउँदै जवाफ फर्काइन्, ‘एक त म 'जेन्डरवाइज' फिल्म बनाउने कुरामा विश्वास नै गर्दिनँ। अर्को के समाजमा महिला पात्र गलत छँदैछैनन् र? छन् भने किन लुकाउने? त्यसैले म महिलाको कमजोरी ढाकछोप गरेरमात्रै कहिल्यै फिल्म बनाउँदिन। यति भन्दाभन्दै म के दाबी गर्छु भने मैले अहिलेसम्म बनाएका सबै फिल्ममा महिला पात्र नै हिरो छन्।’ 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्