काठमाडौं– विभिन्न देशका ११३ सहभागीलाई पछि पार्दै इन्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरीका इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट भएका छन्।
भारतको हैदरबादस्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने तालिमको आउट डोर विधामा खड्काले भुटानबाट प्रतिनित्व गरेका ६ जना, माल्दिभ्सबाट ४ जना, भारत र नेपाल गरी तालिममा १ सय ३ जना प्रतिस्पर्धीलाई पछि पारेका थिए।
आउट डोर विधामा उत्कृष्ट भएका खड्कालाई भारतका गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए।
तालिममा नेपालकातर्फबाट इन्सपेक्टरसँगै खड्कासँगै ५ जना सहधभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।