डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाँउपालिका-४ सेरागाडमा म १ ज २१० नम्बरको जिप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका-७ किम्तोलीकी अन्दाजी ६३ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए।
उनको घटनास्थलमै मृत्यु भएको हो। अजयमेरु गाउँपालिकाको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा दुर्घटनामा ३ जना सामान्य घाइते रहेका र अन्य सकुसल रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
कच्ची सडकको घुम्तीमा जिप अनियन्त्रित भई ब्याक हुँदा पल्टिएको प्रहरीले प्रारम्भिक जानकारी दिएइको छ। जीपमा १५/१६ जना यात्रु रहेको र जिप चालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।