डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिका-४, सेरागाडमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बुधबार बिहान १० बजेतिर भागेश्वर गाउँपालिका-४, सेरागाडमा म१ज २१० नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो।
डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका-७, तिम्तोलीकी ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा ३ जना सामान्य घाइते रहेका र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
कच्ची सडकको घुम्तीमा जीप अनियन्त्रित भई पल्टिएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ। जिपमा १५/१६ जना यात्रु रहेको अनुमान रहेको र जीपचालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।