डडेल्धुरा- गौरा पर्व हेरेर घर फर्कने क्रममा बैतडीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको दोगडाकेदार गाउपालिका- ६ सित्तडका २६ वर्षीय दामोदर जोसीको शिद्धनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
सोमबार साँझ सिद्धनाथ मन्दिर नजिककैको भिरबाट लडेर करीब ५ सय मिटर तल खसेका जोशी गम्भीर घाइते भएका थिए।
जोशीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।