काठमाडौं- हतकडी फुकालेर फरार भएका एक अभियुक्तलाई प्रहरीले काठमाडौंको थानकोटबाट पक्राउ गरेको छ। रामेछापको लिखु तामाकोसी गाउँपालिका १ का रविन नेपाली पक्राउ परेका हुन्।
मोटरसाइकल चोरीमा संलग्न नेपालीलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याउने क्रममा उनी थानकोटबाटै बिहान फरार भएका थिए।
उनी पहिले पनि मोटरसाइकल चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।