जनकपुर- जनकपुरमा निर्माणाधीन घरको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार मृत्यु हुनेमा सप्तरीको सम्भुनाथ नगरपालिका ६ बगरहटबाट ४० वर्षीय नन्दु मण्डल रहेको छ।
उनको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको कारण घटनास्थलमै मृत्यु भएको हो।
घाइते ३० वर्षीय हरिकातन्त मण्डल छन्। उनी मृतककै छिमेकी हुन्। उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।
जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका रामसोगारथ साहको निर्माणाधीन घरको छतमा काम गरिरहेको बेला सोमबार बिहान दुवैजना लडेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।