काठमाडौं- बिग्रिएर सडकमा रोकेर राखिएको गाडीको टायर चोरी गर्दागर्दै एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका-१३ घर भएका २६ वर्षीय दिपेन्द्र भट्टराई छन्।
उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरको टोलीले आइतबार राति ८ बजे टायर चोरी गर्दागर्दै पक्राउ गरेको हो।
भट्टराईले हटौंडा नगरपालिका–१५ स्थित पूर्वपश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको एनएल०१डी ८०३१ नम्बरको भारतीय गाडीमा लिबर र ह्विल पाना प्रयोग गरी टायर चोर्न थालेका थिए।
पक्राउ परेका भट्टराई नजिकै रोकेर राखेको ना३ख ८०३६ नम्बरको गाडीका चालक भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।