प्युठान- जिल्लाको माण्डवी क्षेत्रको जंगलमा आज बिहान फेला परेका बेवारिसे शवको पहिचान भएको छ।
माण्डवी गाउँपालिका ५ स्थित ज्योति सामुदायिक वनको बहुला खोला भन्ने ठाउँमा सडिगलेको अवस्थामा फेला परेको उक्त शव स्वर्गद्वारी नगरपालिका ६ खानेखोला बस्ने वर्ष ७३ का ठगुराम बस्यालको रहेको प्रहरीले जनाएको छ।
मृतकका छोरा गंगाराम बस्यालले आफ्नो बुवा भएको पुष्टि गरेपछि शवको पहिचान भएको हो। शवलाई पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्युठान प्रहरीले बताएको हो।
बस्याल गत जेठ २८ गतेबाट परिवारको सम्पर्कमा नआएको पारिवारिक स्रोतले जानकारी दिएको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।