• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कोसीपीडितको गुनासो– भोट लिएर मन्त्री/प्रधानमन्त्री बने, हाम्रो पक्षमा बोल्ने कोही भएनन् 

मुआब्जा दिनुको सट्टा कर असुल्दै स्थानीय सरकार 
64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १२:२५
1140x725

इटहरी– २०११ बैसाख १२ गते (२५ अप्रिल १९५४) मा नेपाल-भारतबीच कोसी सम्झौता भयो। सम्झौता अनुसार कोसी कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जा नेपाल सरकारले दिनुपर्ने उल्लेख छ।

कोसीपीडितहरुकै भोटले निर्वाचित भएका नेताहरु मन्त्री/प्रधानमन्त्रीसमेत बने। तर, उनीहरुले माग सम्बोधन गर्न नसक्दा कोसीपीडितको घाउ बारम्बार बल्झिने गरेको छ। तै राहत हुन्छ कि भनेर हरेक निर्वाचनमा आश्वासन बाँड्ने नेताहरुलाई उनीहरु भोट दिएर पठाउँछन्। जब निर्वाचित भएर सांसद/मन्त्री बन्छन्, पीडितहरुतिर फर्किएर पनि हेर्दैनन्। 

२०११ सालको कोसी सम्झौतापछि यही मुद्दालाई लिएर धेरैले राजनीति गर्ने अवसर पाए। हरेक निर्वाचनमा कोसी समस्या समाधान गर्ने कुरा उठ्छन्। तर साढे ६ दशकदेखिको एउटै समस्या अहिलेसम्म समाधान केन्द्रित बन्न सकेको छैन।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी कोसीपीडितकै भोटले निर्वाचित भएर प्रधानमन्त्री भए। २०४६ को निर्वाचनमा सुनसरी क्षेत्र नं ५ बाट विजयी भएका थिए, कोइराला। २०५१ मा सुनसरी क्षेत्र नम्बर १ बाट अधिकारीले पनि निर्वाचन जिते। जुन सबैभन्दा धेरै कोसीपीडित रहेको क्षेत्र हो। 

कोसीको समस्या समाधान गर्ने सर्तमै निर्वाचित भएका नेताहरु आफ्नो वचनबाट बारम्बार चुक्दै आएका छन्। सोही क्षेत्रबाट निर्वाचित सुजाता कोइराला पछि परराष्ट्रमन्त्री बनिन्। तर उनले कोसी समस्या समाधानको कुनै पहल गर्न सकिनन्। 

तत्कालीन मधेसी जनअधिकार फोरमबाट उपेन्द्र यादव पनि सुनसरी क्षेत्र नम्बर ५ बाट संविधानसभा निर्वाचनमा निर्वाचित भए। पछि उनी परराष्ट्र मन्त्रीसमेत बने। कोसी बाढीपीडितको समस्या समाधान गर्ने भन्दै भोट मागेका उनले कोसीको विषयलाई आफ्नो कार्यकालभरि एकपटक पनि उठान गर्न सकेनन्। 

तत्कालीन नेकपा एमालेका सचिव भीम आचार्य सांसद बने। कोसी बाढीपीडितको समस्या समाधान गरिदिन्छु भन्दै घोषणापत्र बाँड्दै हिँडेका उनी पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत भए। कार्यसम्पादन राम्रो नभएको भन्दै उनले मन्त्री पद नै त्याग्नुपर्‍यो। हाल उनी प्रदेश १ का सांसद तथा नेकपा प्रदेश १ इन्चार्ज छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोसीपीडितलाई दिएको बाचा पूरा गर्न नसकेपछि उनले क्षेत्र परिवर्तन गरेका छन्। २०७४ को निर्वाचनमा उनी कोसीपीडितको क्षेत्रभन्दा उत्तरतर्फ अर्थात् क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भए। 

सुनसरीको कोसीपीडित क्षेत्रबाट हाल प्रतिनिधिसभाका सांसद छन्, ज्ञानेन्द्रबहादुर कार्की। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले २०७५ माघ २० मा पहिलो पटक कोसी बाढीपीडितको विषय संघीय संसदमा उठाए। पीडितले मुआब्जा पाउनुपर्ने मागसहितका विषय संसदमा उठेको यो नै पहिलो पटक भएको सप्तकोसी डुबान कटान पीडित संघर्ष समितिका सचिव बाबुराम कार्की बताउँछन्।

‘अहिलेसम्म धेरै मन्त्री र प्रधानमन्त्री बनायौं तर हाम्रा लागि बोल्ने कोही भएनन्,’ उनले भने। गरिब र सुकुम्वासी बढी रहेको यो क्षेत्रमा केन्द्रीय नेताहरू कासाको कारण चुनाव जित्न सकिने दाउमा रहेको सचिव कार्की बताउँछन्। कोसी क्षेत्रका बासिन्दाले आफ्नो भरपर्दो नेता नपाउँदा पनि समस्या भइरहेको उनको भनाइ छ। 

Xtrem

Xtrem

कार्कीले भने जस्तै कोसीको पीडा भोग्ने र कोसी आसपासका बासिन्दाको राष्ट्रिय राजनीतिमा पहुँच पुग्न सकेको छैन। तर कोसी किनारमै हुर्किएका समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव पनि कोसीको समस्या समाधान गर्न अग्रसर भएको देखिँदैन।

यादव मात्र होइन हाल प्रदेश १ का पर्यटनमन्त्री जगदीश कुसियतले पनि कोसी बाढीपीडितको मुआब्जाको विषयमा ध्यान दिन नसकेको स्थानीय जोली लिम्बुले बताए। 

कोसी सम्झौता अनुसार कोसीले कटान गर्ने जग्गाको क्षतिपूर्ति भारत सरकारले दिने प्रावधान छ। सम्झौताको बुँदा नम्बर ३, ८ र ९ तथा सन् १९६६ मा संशोधित सम्झौताको बुँदा नम्बर ३ मा उल्लिखित भएबमोजिम कोसी योजनाको काम कारबाहीबाट क्षति भएका जग्गाको क्षतिपूर्ति भारत सरकारले दिनुपर्नेछ।

सम्झौता अनुसारको क्षतिपूर्ति आफ्ना जनतालाई उपलब्ध गराउन नेपाल सरकारले अहिलेसम्म ठोस पहल गर्न सकेको छैन। भारत सरकारसँग सम्झौता अनुसार क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिनुपर्नेमा नेपाल सरकार मौन देखिन्छ। ६५ वर्षको अवधिमा बनेका २५ वटा सरकारले भारतसँग कोसीपीडितलाई क्षतिपूर्ति दिलाउन आवाज उठाउन सकेनन्।

२०१८ सालदेखि ०२१ सालसम्म सप्तरी र उदयपुरमा १ हजार ४ सय ८८ बिघा १४ कठ्ठा साढे १० धुर कटान गरेको थियो। पुन: ०२२ सालदेखि ०२८ सालसम्म कटान गरेको ६ हजार १ सय ७४ बिघा १४ कठ्ठा ११ धुर जग्गाको क्षतिपूर्ति पीडितले अझै पाउन सकेका छैनन्।

मुआब्जा दिनुको सट्टा कर असुल्दै सरकार 
कोसीबाट पीडितलाई मुआब्जा दिनुको साट्टो कोसीमा डुंगा चलाएबापत स्थानीय सरकारले कर लिने गरेको छ।

कोसीपिडीत क्षेत्र श्रीलंका टापुका बासिन्दा बजार भर्नकै लागि सुनसरीको प्रकाशपुर, महेन्द्रनगर र उदयपुरको फत्तेपुरतिर जाने गर्छन्। तिनै पीडितबाट स्थानीय सरकारले ठेक्का लगाएरै कर उठाउने गरेको हो।

डुंगाको सहारामा राजावास, सिसौलीघाटमा सञ्चालित डुंगाबापत ठेक्का कर तिर्नुपर्दछ। बराहक्षेत्र नगरपालिकाले राजावास र सिसौली ढाँटमा ठेक्का लगाउने गर्छ। अघिल्लो वर्ष राजावासमा वार्षिक २ लाख ४५ हजार र सिसौलीघाटमा ८ लाखमा ठेक्का लगाएको थियो।

आफ्नै जग्गाबाट बगेको नदी तर्दा पनि राज्यले कर असुल्दा आफुमाथि अन्याय भएको स्थानीय कृष्ण भट्टराई बताउँछन्। ४५ सालदेखि उब्जनी नगरे पनि मालपोत बुझाउँदै आएको उनको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्