काठमाडौं– टर्किस एयरलाइन्सको जहाजभित्रै चोरी गर्ने २ चिनियाँ नागरिक पक्राउ परेका छन्।
चोरी कार्यमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिकहरू राहदानी नम्बर इजी ६८४२७२२ बाहक एमक्वाई र राहदानी नम्बर इजी ५७४२५२३ बाहक हु छिनजोङ छन्। उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद उनीहरुले चोरी गरेका थिए। प्रहरीले जाँच गर्ने क्रममा शनिबार बिहान टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरुलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित पक्राउ गरेको हो।
पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।