तीन दिनको बाढी पूर्वानुमान : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव

नेपाल लाइभ | २०७६ भदौ ८ आइतबार | Sunday, August 25, 2019 ०८:५६:०० मा प्रकाशित

काठमाडौं- नदीहरुमा वहाव समान्यभन्दा केही बढ्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आइतबार बिहान तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाएको हो।

आइतबार प्रदेश २, ५ र सुदूरपश्चिमको तराई र चुरेबाट बहने नदीहरूमा वहाव सामान्यभन्दा केही बढ्ने तथर सतर्कता तहभन्दा तलै रहने बताइएको छ।

यस्तो छ आगामी तीन दिनको बाढी पूर्वानुमान

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आइतबार नै जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार देशभरजसो मौसम बदली भई केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पश्चिमका केही तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

साथै पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी तीन दिने मौसम पूर्वानुमान

भाद्र ८ गते, आइतबार
दिउँसो :
देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानहरूमा र मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानहरूमा र मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ९ गते सोमबार
दिउँसो :
देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ। देशको पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र १० गते मंगलबार
दिउँसो :
देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ। पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। (फाइल तस्बिर)