• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रोल्पामा स्थानीय सरकारको विशिष्टीकृत योजना : हिल स्टेसन, युद्ध र धार्मिक पर्यटनमा जोड

64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  १६:३०
1140x725

रोल्पा- निर्वाचन भएको दुई वर्ष बित्दासमेत अपेक्षाकृत उपलब्धि नदेखिएपछि स्थानीय सरकारहरुले केही योजनालाई विशिष्टीकृत गरी नतिजामुखी बनाउने कामको थालनी गर्न लागेका छन्। दुई वर्ष अन्योलमै बिताएका स्थानीय सरकारहरु यतिबेला जनताले देख्ने गरी योजना कार्यान्वयन गर्ने तयारीमा छन्।

रोल्पाका अधिकांश गाउँपालिकाले पर्यटन विकास र प्रवर्द्धनलाई जोड दिँदै आएका छन्। जिल्लामा बहुपर्यटकीय आयामको सम्भावना बोकेको रुन्टीगढी गाउँपालिकाले सघन पर्यटन विकासको अवधारणा अघि सारेसँगै यसको विकास र प्रवर्द्धनमा सकारात्मक संकेत देखिन थालेको छ।

स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टीको धार्मिक पहिचान जोडिएको रुन्टीगढीले पछिल्लो पटक हिल स्टेसनको अवधारणासमेत अघि सारेको छ। १० वर्षे माओवादी द्वन्द्वको सुरुआती भएको जनाउ दिन २०५२ फागुन १ गते पहिलो पटक प्रहरी चौकी आक्रमण गरेसँगै चर्चाको शिखरमा रहेकाले पनि सो स्थान धेरैका लागि चासोको क्षेत्र बन्दै आएको छ।

धार्मिक, पर्या र युद्ध पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले समेत यसको विकास र प्रचार प्रसारमा जोड दिँदै आएको छ। पर्यटनको विकासका लागि अघिल्लो वर्ष राष्ट्रिय स्तरका दुई कार्यक्रम गरेका थिए। राष्ट्रिय अक्षर महोत्सव नाम दिइएको उक्त कार्यक्रममा देशभरका साहित्यकार, लेखक तथा पत्रकारहरुको जमघट भएको  थियो। विकास सम्मेलन नाम दिएर गरेको अर्को कार्यक्रममा समेत गाउँपालिकाको पर्यटनले विशेष प्राथमिकता पाएको थियो। गाउँपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए। 'हिल स्टेसन,धार्मिक र युद्ध पर्यटनलाई सँगसँगै जोडेर लैजाने गरी काम गरिरहेका छौं,' अध्यक्ष बुढाले भने। 

विकास सम्मेलनपछि होलेरीलाई हिल स्टेसन बनाउन सकिने विषयले प्रवेश पाएको हो। ५ नम्बर प्रदेशको स्थायी राजधानी बन्ने चर्चा चलेको दाङको घोराहीबाट निकै छोटो दुरीमा पुगिन्छ होलेरी। दाङको धुलो, धुँवा, र उकुसमुकुस गर्मीले आक्रान्त मानिसहरु होलेरीको शान्त, शीतल र रमणीय वातावरणमा केही दिन रम्न र घुम्न पाउदा आफूलाई भाग्यमानी ठान्छन्। बर्सातको मौसममा होलेरीलाई छपक्क छोप्ने कुहिरो तथा सिमसिम पर्ने पानीले स्वर्गको अनुभूति दिन्छ।

गढीलेक

दाङको घोराहीबाट ३० किलोमिटर दुरीमा रहेको होलेरीसम्म पुग्ने सडक कालोपत्रे भएको छ। बस यात्रामा बढीमा डेढ घन्टा दुरी रहेको सो क्षेत्र प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ। महाभारत पर्वत शृंखलाको शिखरमा रहेको मनमोहक होलेरी निकै सुन्दर देखिन्छ। घोराहीबाट सुरु भएको सहिद मार्ग हुँदै होलेरी जाने पर्यटकहरु बाटामा पर्ने बाह्रकुने ताल र कोइलाखानीको समेत स्थलगत अवलोकन गर्न सक्छन्। दाङको अत्यासलाग्दो तापक्रम, पर्यावरण र होहल्लाबीच छल्दै नागबेली सडकमार्फत होलेरी पुग्दा अद्भूत आनन्दको अनुभूति हुन्छ। डाँडैभरि फुलेका लालीगुराँस र फलेका काफल, चुत्रो, ऐँसेलुको स्वाद लिँदै होलेरी यात्रा कम आनन्दको छैन। भ्यूटावरविना दाङ उपत्यकालाई दृश्यावलोकन मात्रै होइन, भारतको विभिन्न भूगोलसमेत सोही स्थानवाट दृश्यावलोकन गर्न सकिन्छ। 

होलेरी रुकुम पूर्व र पश्चिमोत्तर रोल्पाको भूगोल प्रवेशद्वारको रुपमा रहेका छन्। दाङबाट सुरु भएको सहिदमार्ग होलेरी हुँदै रुकुमको चुनवाङ र रोल्पाको थवाङसम्म पुगेको छ। रुकुमबाट डोल्पासम्म जोड्ने रणनीतिक महत्व बोकेको सो सडक विस्तारसँगै होलेरीलाई कर्णालीसम्म जोड्ने सम्भावनासमेत रहेको छ। 

होलेरी पुग्ने पर्यटकको रोजाइको केन्द्र गढीलेख हुन सक्छ। समुद्र सतहबाट २ हजारभन्दा बढी उचाइमा अवस्थित गढीलेखमा रहेको भ्यूटावरवाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी जस्ता हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। होलेरी बजारबाट गढीलेख पुग्न कच्ची सडक भए पनि पैदलयात्रीहरुका लागि सिँढीको व्यवस्था गरिएको छ। होलेरी बजारवाट करिब ३ किलोमिटर दुरीमा अवस्थित गढीलेख प्राकृतिक र ऐतिहासिक धरोहरको रुपमा रहेको छ। स्वर्गद्वारी जानुअघि महाप्रभुले गढीलेखमा तपस्या गरी ज्ञान प्राप्त गरेको सुनिन्छ। बाइसे चौबिसे राजाको दरबारसमेत रहेकाले सो स्थान सामरिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb
होलेरी

होलेरी बजारवाट १७ किलोमिटर दुरीमा रहेको रुन्टी गाउँ अर्को महत्वपूर्ण स्थल हो। स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टीसम्म पुग्न सडक जोडिएको छ। महाप्रभु जन्मेको गाउँमा अहिले उहाँका १५ घर नातेदार रहेका छन्। सो स्थानमा रहेका केही मन्दिरमा अझैसम्म पूजापाठ हुँदै आएको छ। 

होलेरीकै आसपासमा पर्ने झेनाम गैरा गाउँमा शिव पार्वती गुफा पनि अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो। होलेरी बजारबाट झन्डै आधा घन्टा पैदलयात्रमा पुगिने सो गुफामा विभिन्न आकृतिहरु देख्न सकिन्छ। करिब ६० मिटर लम्बाइको दुरीमा रहेको सो गुफा हेर्न आउनेहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ।

२०५२ साल फागुन १ गते जनयुद्ध सुरु गर्दा तत्कालीन माओवादीले रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी र कालिकोटको राडी जिउला रोज्दा रोल्पाको होलेरी प्रहरी चौकी रोजेको थियो। प्रतिक्रियावादी राज्यसत्ता ध्वंश गरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं भन्ने नारालाई फौजी कारबाहीसहित कार्यान्वयन गर्ने नेपालकै पहिलो स्थान बन्यो होलेरी। 

बंकर

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा दोस्रो पटक पुनः सोही चौकी आक्रमण भयो। ७२ जना प्रहरीलाई नियन्त्रण लिएपछि तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाबीच आमनेसामने भएको हिसाबले पनि होलेरी चर्चित वन्यो। माओवादी सेनालाई घेराबन्दीमा पारेको तत्कालीन शाही नेपाली सेनाले गोली हान्ने आदेश नपाउँदा पछि हट्नुपरेको घटनाले पनि सो स्थान चर्चित बन्न पुग्यो। 

Xtrem

Xtrem

माओवादीले तयार गरेका ७ डिभिजन लडाकुमध्ये ५औं डिभिजनका लडाकु बसेको मुख्यालय पनि होलेरीदेखि नजिकै पर्छ। नुवागाउँको दहवनमा रहेको सो स्थानका साथै सहायक डिभिजनको रुपमा उवा र तिला पनि होलेरी बजारदेखि नजिकको दुरीमा रहेका छन्। 

हिल स्टेसनको रुपमा चर्चा पाउँदै गरेको होलेरीलाई पर्यटनका अन्य सम्भावनासँग समेत जोड्ने गरी बहस सिर्जना गरिएको रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दीपक डिसीको भनाइ छ।

'रुन्टीगढी गाउँपालिका समृद्धिको पहिलो आधार पर्यटन हुन्छ,' डाँगीले भने, 'होलेरीलाई केन्द्रमा राखेर त्यस वरपरका पर्यटकीय क्षेत्रलाई समेत जोडेर हिल स्टेसन बनाउनुको साथै अन्य पर्यटन विकासको समेत कार्य थालनी भएको छ।'

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्