काठमाडौं- सशस्त्र प्रहरीले देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ। प्रधान कार्यालय काठमाडौंलगायत देशका सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा भाद्र ०६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
उक्त रक्तदान कार्यक्रममा सबै स्थानमा गरी १ हजार २ सय २२ पिन्ट रगत संकलन भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत, विल्लादार जवानहरु तथा भूतपूर्व
सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गरेका छन्।
सशस्त्र प्रहरी ऐन जारी भएको दिन पारेर गतवर्षबाट सशस्त्र प्रहरीले देशभर रहेका आफ्ना बाहिनी मुख्यालयहरु तथा प्रधान कार्यालयमा ‘सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम’को आयोजना गर्न थालेको हो।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान कार्यक्रममा सहभागिता जनाउने सबैप्रति आभार प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।