काठमाडौं- प्रतिबन्धित नेेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कास्की र स्याङ्जा जिल्ला इन्चार्जसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्की र स्याङ्जा जिल्लाका इन्चार्ज 'रुपेश' भनिने कृष्ण वाग्ले र निजका सहयोगी ओम बहादुर हमाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
केसीका अनुसार शुक्रबार बिहान पोखरा महानगरपालिका-३०, खुदी भन्ने स्थानमा स्थानीयलाई डरत्रास देखाई त्रसित वातावरण सिर्जना गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी टोलीलाई देखेपछि खेतैखेत भागिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए।
हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।