• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पाँचपोखरी : कठिन यात्रा, रोमान्चक अनुभूति

64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  ०५:५५
1140x725

सिन्धुपाल्चोक- सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी पर्यटन वर्ष घोषणा गरिसकेको छ। त्यसैलाई लक्षित गरी सरकारले एक सय 'नयाँ तथा विकास गरिने गन्तव्य'को सूची तयार पार्‍यो। त्यसमै परेको छ, सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र।

समुद्री सतहबाट ४ हजार एक सय मिटरको उचाइमा रहेको पाँचपोखरी ५ वटा भिन्नभिन्न पोखरी रहेको स्थान हो। त्यहाँबाट तलतिर हेर्दा लाग्छ, कतै म आकाशभन्दा निकै माथि त छैन! आफू बसिरहेको डाँडामुनितिर दही भरिएको कचौराजस्तो लाग्ने बादल नै धर्ती हो भन्ने झल्को दिन्छ। कारण बादलले छेकेकाले त्यस मुनिका कुनै भूगोल देख्न सकिन्न।

विशेषगरी जनैपूर्णिमामा विशेष मेला लाग्ने पाँचपोखरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्दछ। पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायत प्रदेश ३ का अधिकांश जिल्लाका दर्शनार्थीहरु आउने गरेका छन्। सिन्धुपाल्चोकको सदरमुकाम चौतारा हुँदै र मेलम्ची नगरपालिका हुँदै दुई रुट भएर जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ।

पाँचपोखरी जाँदा जति बढी गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ। कान, मुख र हात नीला हुन थाल्छन्। बाटैभर भेटिइने पहेँला झारबाट अनौठो गन्ध आउन थाल्छ। जुन गन्ध तीर्थालुका लागि विष पनि हुन सक्छ। अनि लेक लाग्छ। तर, जति कष्टकर यात्राबाट पुगिन्छ पाँचपोखरी त्योभन्दा आनन्द त्यहाँ पुगेपछि आउँछ। 

इन्द्रावती नदीको उद्गमस्थलका रुपमा रहेको पाँचपोखरीका सबै कुण्डका नामसमेत फरक फरक छ। भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्डका नामले यहाँका पोखरीहरु चिनिन्छन्।

यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने त स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थ स्थल भनिएको छ। 

सुनपाती, धुपी, चौरीको दुधबाट बनेको छुर्पी जस्ता चिजहरु यहाँ पाइन्छ। गुराँस फुल्ने याममा यहाँका सबै पाखा रातै हुन्छन्। सेतो गुराँससमेत पाँचपोखरी जाने रुटमा पाइन्छ। त्यसैले यो रुटलाई पर्यटन व्यवसायीहरुले गुराँसको राजधानीसमेत भन्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कसरी पुग्ने?
पाँचपोखरी पुग्न काठमाडौंबाट मेलम्ची भई थाङपालधाप, भोताङबाट जाने एउटा रुट छ।  बर्खाको समयमा थाङपालधापको छिम्तीसम्म बसको यात्रा गर्न सकिन्छ। त्यसपछि सुरु हुन्छ पैदल पदमार्ग। पाँचपोखरी रहेकै साबिकको गाविस भोताङको बजारसम्म बाटो सहज छ। त्यहाँसम्म पुग्दा होटलहरु पाइन्छ। प्रायः पर्यटकहरु यहाँनेर पहिलो बास बस्छन्। दोस्रो दिनदेखि सुरु हुने ठाडो उकालो र जंगलै जंगलको यात्रा केही कष्टकर रहे पनि त्यहाँको सौन्दर्यले दुःख बिर्साउँछ। यो रुटमा आमा याङग्री, ड्रागन गुफा, हवेली, नागी डाँडा, रैथानेश्वरी हेर्न लायक स्थान हुन्। बस्ती छाडेर उकालो लागेपछि बीचमा पाइने चौंरी गोठबाहेक बासको विकल्प अरु छैन। केही तीर्थालुहरु समुद्र सतहबाट ३ हजार २ सयको उचाइमा रहेको टपखर्कमा बास बस्दछन् भने केही भने सोही दिन पाँचपोखरी पुग्दछन्।

जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने पाँचपोखरीमा तीर्थालु बढाउन र मेलालाई सभ्य रुपले सम्पन्न गर्न स्थानीयहरु जुट्ने गरेका छन्। सामान्य व्यक्तिलाई उचाइमा पुगेपछि लेक लाग्ने हुँदा तीर्थालुको उद्धार तथा प्राथमिक उपचार र सहयोगका लागि भोलेन्टियर राख्ने गरिएको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए। उनका अनुसार पदयात्रीहरुलाई यात्राका क्रममा कुनै अप्ठेरो परेमा भोलेन्टियरले सहयोग गर्नेछन्। अहिले केही स्थानमा टेन्टसमेत राखिएकाले बासको समस्या पहिलेको जस्तो नपरेको तेस्रोपटक पाँचपोखरी यात्राबाट फर्केका मेलम्चीका रमेश अधिकारीले बताए। 

मेलम्चीपछि पाँचपोखरी पुग्ने अर्को रुट सदरमुकाम चौताराबाट हो। चौताराबाट रमणीय स्थान ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै जान सकिन्छ। २ हजार २ सय मिटरको उचाइ रहेको खस्रे, मैदानपछि घरहरु भेटिँदैन। यो रुटबाट जाने तीर्थालुहरु प्रायः च्योच्यो डाँडामा बास बस्न पुग्छन्। च्योच्यो डाँडा जुगल हिमाल सामुन्ने पर्छ। यो डाँडाबाट काठमाडौं सहरसमेत देख्न सकिन्छ। 

रातको समयमा काठमाडौंको झिलीमिली हेरेर मजा लुट्नकै लागि पनि च्योच्यो डाँडामा तीर्थालुहरुको बास हुने गरेको पर्यटन व्यवसायी मिलन तामाङ बताउँछन्। ‘यो डाँडामा चौंरीका गोठहरु प्रशस्त छन्, अनेक रंगका फूलहरु फुलेको सौन्दर्य यहाँ पाइन्छ,’ उनले भने। 

दोस्रो दिन न्योसाम पाटीमा बास बसेर यो रुट हुँदै जानेहरु तेस्रो दिन पाँचपोखरी पुग्नेछन्।

संस्कृति संवर्द्धन
पाँचपोखरी मेलाको प्रमुख आकर्षकमध्येको झाँक्री नृत्यले सबै तीर्थालुको मन जित्छ। अरुभन्दा अलग्गै किसिमको पोसाक लगाएर ढ्याङ्ग्रो ढोक्दै तामाङ भाषामा भगवान्‌को स्तुति गाउँदै नाचिने उक्त नृत्य तामाङ समुदायको पहिचानसमेत हो। हरेक वर्ष झाँकीसहित पाँचपोखरी पुग्ने गरेका चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खुका झाँक्री चीनबहादुर तामाङ त्यहाँ पुगेर पूजाआजा गरेपछि मनमा सन्तोष हुने बताउँछन्। ‘पाँचपोखरीमा मागेको कुरा पुग्छ, त्यसैले हरेक वर्ष झाँकीसहित जाने गरेका छौं,’ उनले भने, ‘पूजा गर्दै, नृत्य गर्दै कठिन बाटोहरुलाई सहज हुने गरी पाँचपोखरी पुगेर पूजा गर्ने गरेको सुनाए।

झाँक्रीहरुलाई नाच्दै आफ्नो संस्कृति जोगाउनका लागि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्न सात दिनसम्म लाग्छ। पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएको पूरा हुने जनविश्वास छ।

आफ्ना झाँकीहरुको प्रस्तुतीले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने मात्रै नभई आफूले पाँचपोखरी पुगेर मन्दिरमा आफूले चाहेको कुरा पुग्नेसमेत बताउँछन्, झाँक्री दीर्घबहादुर तामाङ। ‘झाँक्रीहरुको नृत्यसँगै जाँदा रमाइलो मान्ने र यात्रामा अलि सहज हुने भएकाले थप तीर्थालु हुने गर्छन्,’ उनी भन्छन्। 

झाँक्री नृत्य निकै रमाइलो हुने गर्छ। आफ्नै भाषा र संस्कृतिका विविध पक्षलाई झाँक्रीहरुले संगीतको रुप दिएर नाचगान गर्ने गर्छन्। ‘झाँक्रीको नाच हेर्नकै लागि पनि पाँचपोखरी पुग्नेहरु धेरै भेटिन्छन्,’ दीर्घबहादुरले भने।

कठिन तर रमाइलो
विशेष गरी पाँचपोखरीमा जनैपूर्णिमाको अघिल्लो दिन र मंसिर महिनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ। यो मेला भर्नका लागि काठमाडौं, ललितपुर, रसुवा, नुवाकोट, भक्तपुर र काभ्रेबाट उल्लेखनीय रुपमा सहभागी हुने गर्दछन्। हिमाली भेग भएकाले यात्रा गर्न कठिन छ। कतिपय यात्रुहरुलाई लेक लाग्नेसमेत भएकाले सामान्य प्राथमिक उपचारका सामग्री आफैले लैजानुपर्ने हुन्छ। 

पर्यटनको अथाह सम्भावना हुँदा पनि उचित प्रचारप्रसार नभएका कारण यो क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन। लामोसमयदेखि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्ने गरेका अर्का झाँकी मानवीर तामाङ सडक पूर्वाधारको विकास गरे पर्यटक निकै बढ्ने बताउँछन्। ‘पैदल यात्राका लागि बाटो निकै कठिन भएकाले इच्छा भएर पनि जान नसक्नेहरु धेरै छन्,’ मानवीर भन्छन्, ‘स्थानीय निकाय तथा सरोकारवालाहरुले यसतर्फ ध्यान दिनु जरुरी छ।’

हुन त अहिले पाँचपोखरी थाङपाल गाउँपालिकाले पाँचपोखरीसम्म पुग्ने गरि केबुलकारको सम्भाव्यता अध्ययन गरेको छ। यो मेलम्ची रुटबाट पर्छ। ‘त्यता केबुलकार राख्ने भनिएको छ, त्यो राम्रो पक्ष हो, विकास हो,’ झाँक्री मानवीरले भने, ‘यता पनि यसको जरुरी छ, विकासप्रति जनप्रतिनिधि जागरुक हुनु आवश्यक छ।’

किंवदन्ती
पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ। त्यहाँ एक शिलालेख स्थापना गरी पाँचपोखरीको बारेमा किवंदन्तीसमेत राखीएको छ। किवंदन्तीमा भनिएको छ, ‘झन्डै २ हजार ३ सय भन्दा बढी वर्षअगाडि प्रख्यात सिकारी बुम्वा बाइवा सिकार खेल्दै पाँचपोखरी पुगेका थिए। उनी त्यहाँ पुग्दा धान खेती गरिरहेको देखेछन्।

यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्वालाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला, यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन्। यो दृश्य देखेपछि बुम्वाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन्।’

त्यसयता हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म यहाँ मेला लाग्ने गरेको हो। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्