जनकपुर- प्रदेश २ ले प्रदेश लोकसेवा आयोगको लागि अध्यक्ष नियुक्त गरेको छ।
प्राध्यापक सुरेन्द्रप्रसाद यादवलाई प्रदेश २ को लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरिएको हो।
अध्यक्षमा सिरफारिस भएका यादव सिराहा निवासी हुन्। यादव सिराहा सदरमुकाम स्थित सूर्यनारायण सत्यनारायण मैरबता यादव बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका छन्। उनी अँग्रेजी विषयका सह-प्राध्यापक हुन्।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले आज सिराहाका यादवलाई अध्यक्ष चयन गरेको हो।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता र सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य रहेको सिफारिस समितिले यादवलाई अध्यक्षमा सिफारिस गरेको हो।
लोकसेवा अध्यक्षमा नियुक्त भएपछि प्राध्यापक यादवले आफू संविधानलाई टेकेर, ऐन नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिकृया दिएका छन् । यादवले इमान्दारि पूर्वक र निष्पक्ष ढंगले काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।