• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'माओवादीमा प्रदेश १ को सिनियर मै हुँ, मेरो नेतृत्वमा सरकारमा सहभागी हुने हो'

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  ०६:०४
1140x725

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का पूर्व अध्यक्ष टंक आङबुहाङ लिम्बू ताप्लेजुङ १ 'ख' बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। उनी अब बन्ने प्रदेश सरकारमा माओवादीको नेतृत्व गरेर सहभागी हुने समीकरण मिलाइरहेका छन्। कुराकानीका क्रममा उनले माओवादीमा प्रदेश १ को सिनियर आफू नै भएको भन्दै सरकारमा आफ्नै नेतृत्वमा सहभागी हुने आकांक्षा समेत सुनाए।

प्रदेश १ मा एमालेले मुख्यमन्त्री र सभामुख पाउने दुई दलबीच सहमति भइसकेकाले माओवादीले प्रदेश सरकारमा आकर्षक मन्त्रालय पाउने बुझाइ छ। लिम्बूसँग नेपाल लाइभले प्रादेशिक सरकार गठन र समसामयिक राजनीतिको विषयमा गरेको कुराकानीः

प्रदेशको सरकार गठनको प्रतीक्षा बढिरहेको छ। तपाईंहरुको तर्फबाट के-कस्ता गृहकार्य भइरहेको छ?
प्रदेश १ मा माघ २२ गतेको लागि संसदको बैठक तोकिएको छ। त्यस्तै, २४ गते राष्ट्रियसभाको निर्वाचन हुने राष्ट्रिय कार्यक्रम नै भइहाल्यो। त्यसपछि नै सरकार गठनको प्रक्रिया अगाडि बढ्ला।

एमालेकै नेतृत्वमा सरकार बनाउने सहमति भइ नै सकेको छ। तपाईंहरुको आन्तरिक गृहकार्य चाहिँ कस्तो छ?

दुई पार्टीबीच केही दिनअघि पद बाँडफाँटका विषयमा भएको सहमति नै अहिलेसम्मको गृहकार्य हो। बाँकी पदहरु बसेरै मिलाउनुपर्नेछ। हाम्रोतर्फका कुरा बुधबार बस्ने कार्यालयको बैठकले टुंग्याउन सक्छ।

प्रदेश १ मा सरकार एमालेको नेतृत्वमा बन्दै छ। बाँकी पदहरुमा तपाईंहरुको सहभागिताका लागि केही मापदण्ड पनि छन्?

मापदण्ड अहिलेसम्म बनेको छैन। तर, मुख्यमन्त्री र सभामुख एमालेको भइसकेपछि गृह, अर्थ लगायतका मन्त्रालयमा हाम्रो दाबी रहन्छ। सम्भवत: यस्ता कुरा प्याकेजमा नै टुंगो लगाइन्छ। त्यसका लागि दुई दलबीच छलफल गरेर निष्कर्षमा पुगिन्छ।

तपाईं पनि मन्त्री बन्न आकांक्षी भन्ने बुझिन्छ। तपाईंको दाबी वा आकांक्षा कुन मन्त्रालयमा छ?

Ncell 2
Ncell 2

माओवादीभित्रको 'स्टाटस' हेर्ने हो भने प्रदेश १ को 'सिनियर' नेता म नै हुँ। त्यसैले अब बन्ने सरकारमा पार्टीको नेतृत्व गर्दै सहभागी हुने मेरो आकांक्षा छ। त्यतिबेला माओवादीले पाउने सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय नै सम्हाल्नुपर्छ भन्ने मलाई लाग्छ।

प्रदेश १ मा एमाले र माओवादी मिलेपछि झन्डै दुई तिहाइ सिट पुग्छ। त्यतिबेला कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रयास के हुन्छ?

प्रदेश सरकारको आफ्नोपन र मौलिकता भए पनि केन्द्रमा बन्ने समीकरण र सम्बन्धले प्रदेशको समीकरण र सम्बन्धमा भूमिका खेल्छ भन्ने मलाई लाग्छ। केन्द्रीय नीतिमै प्रदेशका सम्बन्धहरु पनि निर्धारण गर्छन्। तर, प्रदेश १ मा हामी सौहार्दपूर्ण सम्बन्ध बनाएर अघि बढ्छौं। कांग्रेससँग मात्रै होइन, फोरमसँग पनि हाम्रो सम्बन्ध राम्रो नै हुनेछ।

दुई वाम पार्टीबीच एकता हुँदै छ। प्रदेश १ को तर्फबाट केके सुझाव छ?

हाम्रो सुझाव अल्पकालीन र दीर्घकालीन दुवै हितमा केन्द्रित छ। खासगरी चुनावअघि ६०/४० को आधारमा पार्टी एकता भयो। यतिका लागि जनताले जनादेश र मतादेश दिएका होइनन्। दुवै पार्टीलाई एकता गरेर जाने सन्देश हो। अहिले हाम्रो तल्ला कमिटीहरुहरुको सुझाव भनेको छिटो पार्टी एकता गर्नुपर्छ भन्ने हो। तर, अब पहिलेजस्तो ६०/४० मा नभई ५०/५० मा एकता हुनुपर्छ।

५०/५० मा मिल्नुपर्छ भन्ने आधार के हो? जबकि, चुनावी नतिजाले माओवादीलाई झनै कमजोर प्रमाणित गरिसकेको छ!

राजनीतिक सत्ता र सांगठनिक सत्ता भनेको फरक-फरक कुरा हुन्। एमाले र माओवादीको शक्तिको आधार फरक-फरक हो। अहिले एमालेको यो आकारमा माओवादीको पनि योगदान छ। त्यसैले निर्वाचनको परिणामले मात्रै सांगठनिक सत्तालाई निर्धारण गर्दैन। ५०/५० कै हैसियतमा पार्टी एकता गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं।

अहिले बहस भनेको केन्द्रमा मिलाउनमा मात्रै केन्द्रित छ। गाउँपालिका, जिल्ला र प्रदेशहरुमा जटिलता कतिको छ? यो किन पनि चासोको विषय छ भने पार्टीहरु बीच द्वन्द्वपूर्ण सम्बन्ध हुँदा पनि केन्द्रमा नेताहरु भेटघाट र गफगाफ चलिरहन्छ। तल्ला कमिटीमा भने पानी बाराबारकै अवस्था हुन्छ। यसले एकतामा केही जटिलता ल्याउँछ कि?

हो, यसमा केही आशंका छन्। तर, हामीले विगतका घटनाहरु बिर्सनुपर्छ। जनादेशले पनि बिर्सिन सन्देश दिएको छ। चुनावी कार्यक्रममा नै दुई पार्टीबीच अन्तर्घुलन भइसकेको छ। स्थानीय चुनाव हुनुअघिका सर्वदलीय संयन्त्रमा पनि अन्तर्घुलन भएको छ। चुनावी गठबन्धनले त्यसलाई झनै बलियो बनाइदियो। एक-अर्कालाई बुझ्न पनि सहज बनायो। अब पार्टी एकीकरण प्रक्रियामा खासै अप्ठ्यारो पर्दैन। अहिले दुई पार्टीका कार्यकर्ताबीच विवाद हुनुपर्ने कुनै कारण बाँकी छैन। विवाद हुँदैन पनि।

अहिले एकीकृत पार्टीमा प्रचण्डलाई कस्तो भूमिका दिने भन्ने प्रश्न अहिले उठिरहेको छ। तपाईंलाई आफ्नो पार्टी अध्यक्षको व्यवस्थापन कसरी हुनुपर्छ भन्ने लाग्छ?

हामीले एमालेलाई रोज्न दिएका हौं। प्रधानमन्त्री एमालेको हुँदा पार्टी अध्यक्ष प्रचण्ड नै हुने हो। यही अनुसार नै हुन्छ। बाहिर आए जस्तो पदमा कुरा नमिल्ने वा नमिलेको अवस्था छैन। पहिल्यै भद्र सहमति भइसकेको छ। दुई पार्टीबीचको बैठकमा पनि यो कुरामा सहमति नै छ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी
कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित
सम्बन्धित सामग्री
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना हुँदै सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ। कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिए... शुक्रबार, माघ ९, २०८२
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ? पत्रको मूल सार एउटै छ: समान प्रकृतिका सेवा प्रदायकहरूबीच फरक–फरक व्यवहार, विशेष गरी अनुमतिपत्र नवीकरण, व्याज, शेयर स्वामित्व र नियाम... बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कोशीमा ८ जनाले गरेनन् मतदान आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्