काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि उत्पन्न परिस्थितिमा सडक र सामाजिक सञ्जाल प्रयोग गरी उच्च पदस्थ व्यक्तिमाथि भएको गालीगलौजप्रति भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाले आपत्ति जनाइएकी छन्।
मेयर दाहाले प्रेस वक्तव्यमार्फत् व्यक्तिको वैयक्तिक स्वततन्तामाथि मानमर्दन गर्ने अराजक परिस्थिति सिर्जना हुनु दुखद् भएको उल्लेख गरेकी छन्।
‘घटनासँग कुनै सम्बन्ध नभएका व्यक्ति एवं संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न’ मेयर दाहालले अनुरोध गरेकी छन्।
मुद्दाको अनुसन्धान गर्ने जिम्मा प्रहरीको,अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व अदालतको भएको स्मरण गराइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।