काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षकलाई घुससहित पक्राउ गरेको छ।
नापी सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको हो।
यादवले घुस मागेको उजुरीपछि अख्तियारले उनीमाथि 'स्टिङ अप्रेसन' गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।